सुद्दढ परियोजनाद्धारा तिन पालिकाका तटिय क्षेत्रका समुदायहरुको जिवन स्तरमा उकास्नको लागी साईकल बितरण


दोधारा । विपद जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील समुदायको निर्माण गरि महाकाली नदी तटीय क्षेत्रका समुदायहरुको जीवन स्तरमा सुधार ल्याउने उद्देश्यले डिसीए नेपालको साँझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजना अन्तर्गत कञ्चनपुरका तिन वडा पालिकाका स्थानियहरुलाई साईकल बितरण गरेको छ् । आज भिमदत्त नगरपालिकामा रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कार्यालयमा एक कार्यक्रमको बिच विपद जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील समुदायको निर्माण गरि महाकाली नदी तटीय क्षेत्रका समुदायहरुको जिवन स्तरमा सुधार ल्याउने उद्देश्यले भिमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र परशुराम नगरपालिकाका कृषक समुह सदस्य, समुदायिक विपद व्यवस्थापन समिती सदस्यहरुलाई ४४ थान साईकल बितरण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका कृषक समुह सदस्य, समुदायिक विपद व्यवस्थापन समिती सदस्यहरुलाई १८ भिमदत्तमा २० वितरण गरिसकेको र परशुराम नगरपालिकामा ६ वटा वितरण गर्न बाँकी रहेको बताईएको छ् । कृषक समुह सदस्य, समुदायिक विपद व्यवस्थापन समिती सदस्यहरुको साना व्यवसाय प्रर्बधन तथा उत्पादित कृषी समाग्री स्थानिय स्तरमा विक्री–वितरण तथा बजारिकरणमा सहयोग पुग्ने उदेश्यले साईकल बितरण गरिको कार्यक्रम संंयोजक राजकुमार सुनारले बताएका छन् ।

साथै समुह तथा समिती सदस्यहरुको विभिन्न निकायहरु संगको पहुँच वृद्धी गर्ने तथा बिश्व जलवयु परिवर्तन असर कम गर्न केही हद सम्म कमी ल्याउने अभिप्रयाले कृषक समुह सदस्य, समुदायिक विपद व्यवस्थापन समिती सदस्यहरुका लागी साईकल बितरण गरिएको उनको भनाई रहेको छ् ।

डिसीए नेपालको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजना महाकाली नदी तटीय क्षेत्रका तीन वटा नगरपालिकाहरु भीमदत्त, दोधारा चाँदनी र परशुराम नगरपालिकामा २०२२ देखि २०२६ सम्म संचालन भईरहेको परियोजना हो


ताजा समाचार

spot_img