कुतियाकवर बस्तीमा अस्थायी तटबन्ध : स्थानियबासी र सशस्त्र प्रहरी कस्सीए बस्ती जोगाउन


दोधारा । दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीमा रहेको खेती योग्य जग्गा जोगाउन तिब्रता पुर्वक अस्थायीरुपमा तटबन्ध निमार्ण अघि बढाईएको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा स्थानियहरुको खेती योग्य जग्गा महाकाली नदीले कटानी गर्न थाले संगै दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत बिपद्को क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाहरुको सहयोगमा नदी नियन्त्रणका लागी अस्थायीरुपमा तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् । महाकाली नदीमा पानीको बहाव तिब्र भएसंग महाकाली नदीले बस्तीको खेतीयोग्य जग्गा कटानी गर्न थालेको हो । नदीले झण्डै १ बिघाह भन्दा बढी खेतीयोग्य कटानी गरेको वडाध्यक्ष सिंहले बताएका छन् ।

स्थानियबासी, सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निमार्ण कार्यमा जुटेका छन् । अस्थायी तटबन्ध निमार्णले केही हद सम्म कटानी रोक्ने अपेक्षा गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सु्द्दढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले कटानी रोक्नको लागी हालको लागी अस्थायी तटबन्ध बाहेक कुनै विकल्प नभएको बताएका छन् । आफुहरुले संस्थाबाट अस्थायी तटबन्धको लागी केही रकम सहयोग गरिएको उनले बताएका छन् । बाँस, बोरामा बालुवा हालेर अस्थायी तटबन्ध बनाउन थालिएको छ् । नदीको कटानीले स्थानियहरुको तरकारी वाली, धान वाली तथा मकै वाली नष्ट गरेको छ् ।

महाकाली नदीमा पानीको बहाव तिब्र भएर खड्के सुनार, कर बहादुर सुनार, धन बहादुर सुनार, नैन सिंह सुनार, ऐन बहादुर सुनार, भिम बहादुर खत्री, लिाल देबी खत्री, जितु खत्री, कले खत्री गरि झण्डै २ बिघाह खेती योग्य जग्गा कटानी गर्दै आएको छ् । बस्ती नजिक कटानी गर्न थाले संगै स्थानियबासीमा त्रासको बाताबरण छाएको स्थानियहरुले बताएका छ् ।

स्थानियहरुले बिगत लामो समय देखि बस्तीमा पक्की तटबन्ध निमार्णको लागी माँग गर्दै आएपनि अझै सम्म उनिहरुको माँग पुरा हुन भने सकेको छैन् ।


ताजा समाचार

spot_img