रुखबाट खसेर घाईते भएकालाई दोधारा चाँदनी– ४ का वडाध्यक्ष सुनारले गरे उपचारमा सहयोग


दोधारा । दोधारा चाँदनी नगरपालिकाका रुखबाट खसेर घाईते भएका एक युवकलाई वडाध्यक्ष भक्त बहादुर सुनारले सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले वडा नं. ६ का झण्डै एक साता अघि घर नजिक रुखबाट खसेर घाईते भएका वर्ष अन्ताजी ३८ का शेर बहादुर गुरुङ्गको उपचार खर्चको लागी रु. ५ हजार रुपिया सहयोग गरेका छन् । आज गुरुङ्गकै निवासमा पुगेर वडाध्यक्ष भक्त बहादुर सुनारले उपचार रकम हस्तान्तरण गरेका हुन् । घर नजिक रहेको कटहर टिप्न रुख चढ्दा खसेर घाईते भएको गुरुङ्गका परिवारजनले जनाएका छन् । रकम हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, दोधारा चाँदनी नगरपािलका– ५ का वडाध्यक्ष केशव खत्री, वडा नं. ६ का पुर्व वडाध्यक्ष दिल बहादुर सिजाली, परिवारजन तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

आर्थिक अवस्था रहेको कमजोर रहेको गुरुङ्गको उपचार खर्च नभएर समस्यामा पर्दै आएका छन् । यस अघि वडाध्यक्ष केशव खत्रीले उपचारको लागी गुरुङ्गलाई रु. ५ हजार एक सय रुपिया सहयोग गरेका हुन् । उपचार खर्चको सघाएको भन्दै वडाध्यक्ष सुनारलाई परिवारजनले धन्यबाद दिएका छन् । बिगत देखि वडाका मात्रै नभई अन्य वडामा रहेका समस्यामा परेका स्थानियहरुलाई वडाध्यक्ष केशव खत्रीले सहयोग गर्दै आएका छन् ।

वडाध्यक्ष सुनारको कार्य प्रति स्थानियहरु खुशी भएका छन् । यस्तै घाईते शेर बहादुर गुरुङ्गको उपचारको लागी पुर्व वडाध्यक्ष दिल बहादुर सिजाली नेतृत्वको टोली केही दिन अघि उपचारको लागी रु. १४ हजार ६ सय रकम संकलन गरेर बुझएको परिवारजनले बताएका छन् ।


ताजा समाचार

spot_img