गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबको सदस्यमा महत

कञ्चनपुर : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबको नवौं महाधिवेशनबाट पदम बहादुर महत कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबको नवौं महाधिवेशन बाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका वडा न.१ मा घर भएका युवा समाजसेवी पदम बहादुर महत एनआरएनए साउदी अरबको सदस्यमा निर्वाचित भएका हुन।

स्वदेश हुँदै विदेशको यात्रा तय गरेका महत हाल कामको सिलसिलामा साउदी अरबमा रहेका छन् । निरन्तर साउदी अरबमा कर्म गर्दै अलपत्र र दुख पिडामा परेका नेपाली लाई उनले सक्दो सहयोग गर्दै नेपाल सम्म पुगाउन समेत सहयोग गर्दै आएका छन् ।

उनको साउन १२ गते (२८ जुलाई ) का दिन उनी जन्मेको दिन परेको थियो त्यसैको अवसरमा अर्को तर्फबाट एउटा जिम्मेवारी थपिएको छ, उनले भने,’त्यसलाई मैले निस्वार्थ भावनाका साथ श्रमिकको हक हितमा सधै लड्ने उनिमा परेका समस्या लाई आत्मसात गर्दै आफुले पाएको जिम्मेवारी पुर्णरुपले बहन गर्ने समेत महतले प्रतिबद्धता गरेका छन् ।’

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबको नवौं महाधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमिति अध्यक्षमा रबिना अर्याल, वरिष्ठ उपाध्यक्ष उमेश भट्टराई , उपाध्यक्षमा जेद्दाबाट राज कुमार गिरि, जिजान बाट कृष्ण कुमार श्रेष्ठ, अल कासिम बाट मनिष कोइराला र रियाद बाट हेम सुबेदी, महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटवाल , कोषाध्यक्षमा योगेन्द्र बहादुर श्रेष्ठ, सह-कोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावल ,महिला संयोजकमा लक्ष्मी थापा मगर, सदस्यहरुमा देवीबहादुर कार्की,युवराज पोखरेल,पदम बहादुर महत, दिपक ढुङ्गाना ,अमृत बहादुर तामाङ , धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले रहेका छन् । भने आईसिसि सदस्यहरुमा निर्विरोध निर्वाचित हुनुभएका बिशाल कुमार श्रेष्ठ, राम बहादुर क्षेत्रि र दिपक रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबको नवौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको कार्यकाल सन २०२३-०२५ सम्म रहने छ।

ताजा समाचार