सांस्कृतिक महासंघ बेलडाँडिको सभापतिमा : शाह

कञ्चनपुर: बेलडाँडीका काँग्रेस युवा नेता चेत बहादुर शाह सांस्कृतिक महासंघकाे सभापतिमा चयन भएका छन् ।

बेलडाँडीमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि स्थानीय तह अधिवेशनबाट नेता शाहलाई महासंघको बेलडाँडिको सभापति पदमा चयन गरिएको हो।

कार्यसमितिमा ईश्वरी भट्ट उपाध्यक्ष ,खेमराज भट्ट सचिव, रतन लाल राना काेषाध्यक्ष, र कालुराम सुनारलाई सह सचिव पदमा चयन गरिएको छ । यसैगरी सदस्यहरु भीकु राना, नाथेराम राना, पदम बहादुर सिंह, भागरथी चन्द, लक्ष्मि भट्ट, नारान जाेशी र नारायण राेकाया सहितको नयाँ कार्य समिति चयन भएका छन् ।

संविधान सभा सदस्य एवम् प्रदेश सभा सदस्य दिवान सिंह विष्टकाे प्रमुख आतिथ्यमा उक्त अधिवेशन सम्पन्न भएको हाे । प्रदेश सभा सदस्य विष्टले नव गठित कार्य समितिलाई शुभकामना दिदै सांस्कृतिक महासंघलाई पार्टीको हितका निमित्त अघि बढ्न समेत अनुरोध गरिएकको छ ।

कार्यक्रममा क्षेत्रीय सभापति गाेपी प्रसाद उपाध्याय, बेलडाँडी गाउँपालिका प्रमुख हरिश्चन्द्र राना, बेलडाँडी पार्टी सभापति एवं वडा न .१ का वडाअध्यक्ष गज बहादुर विष्ट, नेता हर्कदेव जाेशी, ईन्द्र खड्का लगायतका नेता कार्यकर्ताहरुकाे बाक्लो उपस्थिति रहेको थियो।

ताजा समाचार

spot_img