दोधारा । दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीमा रहेको खेती योग्य जग्गा जोगाउन अस्थायीरुपमा तटबन्ध निमार्ण अघि बढाईएको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा स्थानियहरुको खेतीयोग्य जग्गा महाकाली नदीले कटानी गर्न थाले संगै दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत बिपद्को क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाहरुको सहयोगमा नदी नियन्त्रणका लागी अस्थायीरुपमा तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् । हिजो देखि महाकाली नदीले खेतीयोग्य जग्गा कटानी गर्न थालेपछि स्थानिय तथा जनप्रतिनिधीहरुले रुखको हाँगा काटेर नदीको गती रोकथाम गर्ने प्रयास गरिरहेका थिए ।


अस्थायी तटबन्ध निमार्णको लागी किस्तीबाट बाँस ढुवानी गरिएको छ् । भौगलिक बिकटताको कारण बस्तीमा सवारी साधन नपुग्ने भएको कारण किस्तीको सहायताबाट बाँस ढुवानी गरिएको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताएका छन् । निमार्ण सामग्री संकलन हुने बित्तिकै तटबन्ध निमार्ण कार्य अघि बढाईने वडाध्यक्ष सिंहको भनाई रहेको छ् । महाकाली नदीमा पानीको बहाव तिब्र भएर खड्के सुनार, कर बहादुर सुनार, धन बहादुर सुनार, नैन सिंह सुनार, ऐन बहादुर सुनार, भिम बहादुर खत्री, लिाल देबी खत्री, जितु खत्री, कले खत्री गरि झण्डै २ बिघाह खेती योग्य जग्गा कटानी गर्दै आएको छ् ।

बस्ती नजिक कटानी गर्न थाले संगै स्थानियबासीमा त्रासको बाताबरण छाएको स्थानियहरुले बताएका छ् । नदीले कटानी सुरु गरेपछि शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष बिक्रम चन्द, भक्त बहादुर सुनार, केशव खत्री, चन्द्र बहादुर सिंह लगाएत नेपाली काग्रेंसका नेताहरुले स्थलगत अनुगमन गरेका छन् ।







