नदीले जग्गा कटानी गर्न थालेपछि जनप्रतिनिधीको जम्बो टोली कुतियाकवर बस्तीमा


दोधारा । महाकाली नदीले जग्गा कटानी गर्न थालेपछि शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना सहित जनप्रतिनिधीको जम्बो टोली कुतियाकवर बस्तीमा पुगेका छन् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा महाकाली नदीले खेतीयोग्य जग्गा कटानी गर्न थाले संगै शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष बिक्रम चन्द, भक्त बहादुर सुनार, केशव खत्री, चन्द्र बहादुर सिंह लगाएत नेपाली काग्रेंसका नेताहरुले स्थलगत अनुगमन गरेका छन् । हिजो बिहान देखि महाकाली नदीले कुतियाकवर बस्ती नजिक रहेको झण्डै एक बिघाह खेतीयोग्य जग्गा कटान गर्न थाले संगै अवस्था बुझ्न स्थलगत अनुमगन गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् । नदीले जग्गा कटानी गर्न थालेपछि रोकथामको लागी स्थानियबासी र जनप्रतिनिधीहरुले स्याउला बाँधेर कटानी रोक्न प्रयास गर्दै आएका थिए ।

कर बहादुर सुनार, जितु खत्री, लिला खत्री, नुवा खत्री, भिम बहादुर खत्री, ऐन बहादुर सुनार लगाएत आधा दर्जन बढी स्थानियहरुको खेती योग्य जग्गा नदीले कटानी गर्दै आएको छ् । स्थलगत अनुगमनका क्रममा नगरपालिकाबाट हुने काम नगरपालिकाले गर्ने र बाँकी प्रदेश र संघ सरकार संग आफुले पहल गर्ने शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले बताएका छन् । प्रदेश सभा सदस्य राना मगरले नदी कटानको पिडामा परेका स्थानिय समुदायलाई सुरक्षित रहन आग्रह गर्दै वर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्न आफुहरुले पहल गर्दै आएको बताएका छन् । अनुगमनको क्रममा स्थानीयहरुले नदी कटानबाट भएको क्षतिको बारेमा शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना सहितको जनप्रतिनिधीको टोलीलाई जानकारी गराएका थिए ।

हालको रोकथामको लागी अस्थायी तटबन्धको काम सुरु गरिएको बताउदै दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले भौगलिकताको कारण समेत अस्थायी तटबन्धको निमार्ण सामग्री ढुवानी गर्न समेत सकस भएको बताएका छन् । नदीले बस्ती नजिक कटान गर्न थाले संगै स्थानियहरुमा त्रास छाएको छ् ।

 


ताजा समाचार

spot_img