दोधारा । दोधारा चाँदनी नगरपालिकामा चाौतारा मर्मत/संभारका लागी कृषी बिकास बैंकले सहयोग गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ५ स्थित रहेको माननिय चौराहमा रहेको चौताराको मर्मत/संभारको लागी कृषी बिकास बैंकले रु. १ लाख ५० हजार सहयोग गरेको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् ।


संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत कृषि बिकास बैंक (एडिवीएल) ले मानिने चौराहामा चौतारा मर्मत तथा सम्भारको निम्ति आर्थिक रकम सहयोग गरेको छ् ।

हिजो एक कार्यक्रमको बिच उक्त रकम वडाध्यक्ष केशव खत्रीलाई हस्तान्तरण गरेको कृषी बिकास बैंक दोधारा चाँदनी शाखा कार्यालयले जनाएको छ् ।







