पप्पु गुरुङ्ग । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा नदीले जग्गा कटानी गर्न थालेपछि रोकथामको लागी स्थानियबासी र जनप्रतिनिधीहरुले स्याउला बाँधेर कटानी रोक्न प्रयास गर्दै आएका छन् । नदीको छेउमा स्याउला भएका रुखका हाँगाहरुलाई डोरीमा बाँधेर जग्गा तर्फको नदीको बहाव कमजोर बनाउने प्रयास गर्दै आएका छन् । आज बिहान देखि नदीले कुतियाकवर बस्ती नजिकको खेती योग्य झण्डै एक बिघाह जग्गा महाकाली नदीले कटान गर्दै आएपछि कटानी रोकथामको लागी दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहको नतृत्वमा जनप्रतिनिधी तथा स्थानियबासीहरुले नदीको छेउमा स्याउला भएका रुखका हाँगाहरुलाई डोरीमा बाँधेर नदी रोकथाम गर्ने प्रयास गर्दै आएको स्थानियबासी टेक बहादुर सुनारले जानकारी दिएका छन् । कर बहादुर सुनार, जितु खत्री, लिला खत्री, नुवा खत्री, भिम बहादुर खत्री, ऐन बहादुर सुनार लगाएत आधा दर्जन बढी स्थानियहरुको खेती योग्य जग्गा नदीले कटानी गर्न थालेका दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताएका छन् ।


दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले नदीले बस्ती नजिक खेती योग्य जग्गा कटानी गर्न थाले संगै दोधारा चाँदनी नगरपालिका कार्यालय, बिभिन्न गैरसरकारी संस्थाहरु संग रोकथामको लागी समन्वय भईरहेको जनाएका छन् । नदीको कटानीको रुप अझै बिकराल हुनसक्ने भएको कारण वडाध्यक्ष सिंहले रोकथामको लागी सबैलाई अपिल गरेका छ् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको सिमा बस्ती कुतियावकर बस्ती बाढीको उच्च जोखिममा रहेको बस्ती मानिन्छ् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको उक्त बस्तीमा वर्षेनी नदी कटानी, डुवानको समस्या झेल्दै आएपनि नेपाल सरकारले बाढीको दिर्घकालिन समस्या हल गर्न सकिरहेको देखिन्न् ।

‘नदीमा पानीको बहाव बढे संगै जग्गा कटान लगातार बढ्दो रुपमा रहेको छ’, स्थानियबासी कर बहादुर सुनारले भने, ‘नदीको बहाव थोरै पनि बढे संगै जग्गा कटानीले बस्तीनै जोखिममा पर्ने देखिएको छ् ।’ वर्षात् अझै बाँकी रहेकाले लगातारको नदीले जग्गा कटान गर्दा बस्तीका बासिन्दा सुरक्षित बासस्थानको खोजीमा जुटेका छन् । बस्ती नै नदीको उच्च जोखिममा रहेकाले परिवार जोगाउने यस पटक पनि चुनौती आइपरेको उनले बताएका छन् ।

बिगतका दिनहरु देखि पक्की तटबन्ध निमार्ण गरि बस्ती सुरक्षित गरिदिन स्थानियहरुले नेपाल सरकार संग माँग राख्दै गरेपनि उनिहरुको माँग अझै सम्म पुरा हुन सकेको छैन् ।






