कृष्णपुर स्थानीय सरकारलाई एमालेका चालिस आरोप

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका(स्थानीय सरकार)लाई नेकपा एमालेले चालिस आरोप लगाएको छ । एमाले कृष्णपुर नगर कमिटीले पालिका सरकारलाई चालिस आरोप लगाएको हो । आइतबार एमाले कृष्णपुर नगर कमिटिले प्रेस विज्ञप्ती जारी गर्दै गठबन्धन र त्यसका प्रतिनिधीले कृष्णपुरमा लुटतन्त्र मच्चाएको गम्भिर आरोप लगाउँदै पालिका सरकारलाई ४० बुँदे अनियमितता गरेर दावि गरेको छ । एमाले कृष्णपुर नगरका अध्यक्ष गणेश सिह ऐरीद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा चालु आर्थिक बर्ष ०८०/०८१ को बजेटदेखि लाईसेन्स नभएका आफन्तलाई हेभि सवारी साधनको चालकमा जागिर दिएको जनाईएको छ ।
उपभोक्ता समितिमा आफु अनुकुलाई राखेको, अनुदान वितरण, डिपिआर, नदीखोला नाला ठेक्कामा कमिसन अनियमितता, छाडा पशु चौपाया व्यवस्थापनका नाममा अनियमितता, आफु निकटलाई तालिम, गोष्ठी, गुणस्तहिन औषधी खरिद गरेको, भूमिगत जलस्रोत सिचाईका योजना वितरणमा अनियमितता गरेको, नर्सरीमा अनियमितटा, शिक्षक दरबन्दी सरुवामा समेत चलखेल, गुणस्तहिन सडक निर्माण, नगरका भौतिक पूर्वाधार विकास निर्माणमा गुणस्तहिन, अमियमितता गरेको, ठेक्का दिनुपर्ने योजना कोटेशनमा वितरण गरेको आरोप लगाएको छ । यस्तै एमालेले दुई विद्यालयमा समेत पुरानो बस खरिददेखि विद्यालयको प्राङगण मर्मतका नाममा अनियमिता भएको आरोप लगाएको छ । नन्दमावि र उदय माविले विद्यार्थी आकर्षितका नाममा पुरानो बस खरिद गरेको र विद्यालयको फिल्ड विस्तारमा समान्य मर्मत गरेर बजेट दुरुपयोग गरेको र एमालेले वडाध्यक्षदेखि, प्रमुख, उपप्रमुख सहितका जनप्रतिनिधीलाई लुटतन्त्र मच्चाएको आरोप लगाएको छ । एमाले कृष्णपुरले पारदर्शी ढङगबाट कामकाज अघि बढाउन समेत सचेत गराउँदै अन्यथा यस्तै रबैया चलिरहे आन्दोलनको चेतावनी दिएको छ । एमालेले कृष्णपुर पालिका सरकारलाई लगाएको ४० बुँदे आरोप निराधार भएको र लगाएका ४ मात्रै होईन १ पनि सत्यतथ्य नभएको पालिकाले दावि गरेको छ ।
एमालेले विगत ५ बर्ष कृष्णपुरको नेतृत्व गर्दा हरेक क्षेत्रमा लुट मच्चाएको र अहिले पालिका नेतृत्व बाहिर हुँदा आफुले गरेको गलत अरुले पनि गरिरहेको आशंका गरेर मात्रै निराधार आरोप लगाएको पालिका जनप्रतिनिधीको दावि गरेका छन । अहिलेका जनप्रतिनिधीले उतिबेला एमालेले पालिकामा गरेको बेतिथि कतै बाहिर ल्याईहाल्छकी भनेर अत्यालिएर आरोपमा आरोप लगाउँदै आएको बताएका छन । कृष्णपुर नगरका प्रवक्ता मोहन बस्नेतले एमालेले वर्तमान पालिका नेतृत्व हेमराज ओझा सहितका जनप्रतिनिधी स्थानीय सरकारलाई निराधार आरोप लगाउने काम मात्रै भएको बताए । ‘हाम्रो पालिकामा भ्रष्टाचार भएको छैन, ‘उनले भने, ‘विगतमा एमाले सरकार हुँदा गरेको बेथिति कतै बाहिर नै आउँछन, कि भन्ने डरले अहिलेको नेतृत्वप्रति प्रपोगण्डा रहेको मात्रै हो ।’ आफुले हिजोका दिनमा एमाले नेतृत्वसंग पनि काम गरेको र उनीहरुले एक वडाको बजेट अर्को वडामादेखि, अर्का वडामा निकट व्यक्तिलाई उपभोक्ता बनाउने काम गरेको सबैलाई जगजाहेर रहेको बताउँदै धेरै चोखो नबन्न उनले एमालेलाई सुझाव दिए । ‘आफु भ्रष्टाचार अनियमितता गर्ने अनि अरुपमाथि आरोप लगाउने यो त एमालेको संस्कार प्रवृति जस्तै देखिएको छ, ‘उनले भने, ‘अरुमाथि आरोप लगाउनेहरुले आफुले विगतमा गरेका काम फर्केर हेनुपर्छ ।’

ताजा समाचार

spot_img