धन सिह धामी/ कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका –४ भेटघाट चौतारा नजिकै महेन्द्रनगर बजार सडक मै डोरी, खाट, मोटरसाइकल, साईकलले छेकेर स्थानीय व्यवसायीहरुले सडक अवरुद्ध गरेका छन् । आईतवार स्थानिय व्यवसायीहरुले सडक नबनेको बिरोधमा सडक अवरोध गरेका हुन् । बसपार्क–चम्मनचोक–क्याम्पस रोड सडक अन्तर्गत खानेपानी कार्यालय पश्चिम तर्फ अधुरो सडक नबनेको बिरोधमा व्यवसायीहरुले घेराबन्दी गरेका छन । स्थानीय व्यापारी समेत रहेका नमराज भट्टले ‘नगरपालीकाले सडक नबनाएपछि सडक खाल्डाखुल्डि भएर पानी जम्ने धुलो उड्ने भएकोले समस्या रहेको बताए ।’

उनिहरुले सडक बनाउन ढिलाई गरेको बिरोधमा भिमदत्तनगर–४ का वडा अध्यक्ष शुशिल कुमार भट्टकोे फोटो टाँस गरी सडक अवरुद्ध गरेका थिए । स्थानीय व्यापारीहरुले सडक समय मै बनाउन माग अघि सारेका छन । क्षेत्रिय शहरी बिकास परियोजना (आरयुडिपी) अन्तर्गत महेन्द्रनगर बजार क्षेत्रका सडक निर्माण भईरहेका छन् । उक्त स्थानमा विवाद आउदा पालिकाले सडक निर्माण कार्य रोकेको छ । भिमदत्त नगरका प्रवक्ता महेन्द्र खड्काले उक्त क्षेत्रमा सडक विस्तारका क्रममा नगरविकास समितिको २२ सटरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको बैकल्पिक व्यवस्था नहुँदा सम्म सडक निर्माणदाता एडिविले काम अघि नबढाएपछि काम रोकिएको बताए ।

‘एडिविको आफ्नै अन्तर्राष्ट्रिय मुल्य मान्यता छ,ुउनले भने सोहि अनुरुप सो क्षेत्रमा सडक बन्न ढिलाई भएको छु भिमदत्त नगर वडा न.४ का वडा अध्यक्ष शुशिल कुमार भट्टको अध्यक्षतामा एक कार्यदल बनेको छ ।, उक्त स्थानका २२ सटरमा रहेका व्यवसायीको बैकल्पिक व्यवस्था भएपछि उक्त सटर हटाई सडक निर्माण हुने प्रवक्ता खड्काले बताए। आज उक्त क्षेत्रका व्यापारीहरुले आवाज उठाए पछि समस्या ग्रस्त सडकमा ग्राईभेल हाली मर्मत सभार गर्ने कार्य भएको छ ।

