कञ्चनपुर: राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरले ६ हजार सदस्य बनाउने योजनाअघि सारेको छ । एमाले निकट राष्ट्रिय युपवा संघ कञ्चनपुरले जिल्लामा संगठन बलियो बनाउनका लागि ६ हजार युवालाई सदस्यता दिने निर्णय गरेको हो । राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका संयोजक दिनेश विष्टले जिल्ला सम्मेलनदेखि संगठनलाई शसक्त मुर्त रुपमा अघि बढाउँदै आम युवाका पक्षमा काम गर्ने योजना सहित अघि बढ्ने बताए । संयोजक विष्टका अनुसार वडा, पालिका र जिल्लामा संगठनका भेला सम्मेलन, प्रशिक्षण गर्ने, पुष्पलाल स्मृति मनाउने, भ्रष्टाचार बिरुद्धमा शसक्त दवावमुलक कार्यक्रम गर्ने, युवाहरुलाई सगठित गर्नेदेखि प्रशिक्षणका कार्यक्रम संचालन गर्ने निर्णय गरिएको बताए ।

संयोजक विष्टले संगठनलाई युवाका विद्यमान समस्या अध्ययन गर्दै समाधानका लागि राजनीतिक नेतृत्वलाई खबरदारी गर्नेदेखि हरेक विकृती बिरुद्धमा शसक्त भएर संघर्षका कार्यक्रम गर्ने बताए । थुप्रै सरकारी तथा सार्वजनिक निकायमा ढिलासुस्ती, घुसखोरीदेखि अनियमितता बिरुद्धमा युवासंघ शतिशाल झै उभिने बताए । बिहीबार एमाले पाटी कार्यालय कञ्चनपुर महेन्द्रनगरमा राष्ट्रिय युवा संघ कञ्चनपुरका संयोजक दिनेश विष्टको अध्यक्षतामा बसेको बैठकमा विशेष अथिति एमाले पोल्टिब्यूरो सदस्य तथा निर्वतमान जिल्ला इन्चार्ज निरुदेवी पाल, कावा जिल्ला अध्यक्ष लक्ष्मी बुढा, उप सचिव कर्ण बहादुर चन्द लगायतका युवा नेताहरुको उपस्थितिमा भएको बैठकले सदस्यता वितरणदेखि जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको छ ।







