महेन्द्रनगर : कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा यू-१६ फुटबल खेलाडी छनौट सुरु भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) आबद्ध देशभरका ४८ जिल्ला फुटबल संघलाई खेलाडी छनौटका लागि असार २८ गते पठाएको पत्राचार अनुसार कञ्चनपुर जिल्ला फुटबल संघले महेन्द्रनगरको खुलामञ्चमा खेलाडी छनौट सुरु गरेको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो।

उनले भने,’ कञ्चनपुर जिल्ला फुटबल संघले प्रदेश छनौटका लागि पहिलो चरणमा जिल्लाले छनौट गर्नु पर्ने एन्फाको पत्राचार अनुसार जिल्लाले आज बिहिवार खेलाडी छनौट गर्न लागेको हो। जसमा जिल्लाका विभिन्न पालिका बाट ७० जना खेलाडी छनौटका लागि सहभागी रहेका छन। तिनी मध्य बाट राम्रो खेलाडीको छनौट गरि प्रदेश छनौटमा पठाउने छौँ ।’

‘जिल्ला छनौटमा दक्षिणी क्षेत्रबाट खेलाडीको संख्या अधिक मात्रमा सहभागिता रहेको छ। जसमा बेलडाँडि ,लालझाडी ,बेलौरी र पुनर्वासका विभिन्न ठाउँ बाट जिल्लामा छनौटका लागि आएका अखिल नेपाल फुटबल संघ (एन्फा) प्रशिक्षक पुष्कर शाहिले भन्नुभयो।’ उनले भने हाम्रो भन्दा पनि राम्रो खेल्ने खेलाडी छनौट हुने छन्, छनोटमा यति धेरै खेलाडी सहभागी हुँदा फुटबलको सम्भावना अझै माथी उठेको छ। यसलाई निरन्तर दिन अझै आवश्यकता रहेको छ।’
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार २०८० भदौ १५ देखि २५ गते सम्म मित्र राष्ट्र भुटानमा आयोजना हुने साफ यू-१६ च्याम्पियनसिप २०२३ मा नेपाली राष्ट्रिय युवा (यु-१६) फुटबल टिम सहभागीता का लागि खेलाडी छनौट गर्न देशभरका ४८ जिल्ला फुटबल संघलाई एन्फाले पत्राचार गरेको थियो।






