दोधारा । सरकारको चरम लापरवाहीको कारण अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा रहेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० को जगबुडा नदीको पारीको नेपाल–भारत सिमा स्तम्भ संग जोडिएको सीमा क्षेत्रमा रहेको अठार नम्वर पिल्लर बस्ती नदी कटानी देखि भारतियहरुको हेपाहा समस्या खेप्दै आएका छन् । जगबुडा नदीले उनिहरुको जग्गा कटान गरेर घर छेउ नदी पुग्न थालेपछि उनिहरु बिस्तापितको संघारमा रहेका छन् । गएको वर्ष जगबुडा नदीले बस्ती नजिकको जग्गा काट्न थाले संग कटानी रोक्न सरोकारवालाले ध्यान नपुर्याएको कारण यस पटक थप कटानी गर्न थाले संगै स्थानियहरुमा त्रास बढेका हो । यस पटक राष्ट्रपती तराई मधेश संरक्षण बिकास समितिले १ सय मिटर पक्की तटबन्ध बनाएको छ् । थप १ सय मिटर बनाउने काममा जगबुडा नदीको अबरोधको कारण तटबन्ध निमार्ण कार्य रोकियो । निमार्ण गरिएको झण्डै एक सय मिटर जती तल पश्चिम/दक्षिण दिशा बस्ती नजिक जगबुडा नदीले यस वर्ष पनि कटानी सुरु गरेको छ् ।


नदीको बहावको कारण कटानी गर्न थाले संगै बस्तीका स्थानियहरु वर्षायाममा बस्तीनै बिस्तापित हुन सक्ने त्रास बढेको स्थानियबासी दिल बहादुर राना क्षेत्रीले बताएका छन् । वर्षामा बाढीको कारण उनिहरुलाई ज्यान जोगाउन समस्या हुन्छ भने हिउदमा पनि जग्गा कटानी गरेर हैरानी खेप्नु परेको बताएका छन् । अठार नम्वर पिल्लर बस्तीमा ९ घरधुरीको अवस्था दिन दिनै बिजोग बन्दै आएको छ् । बिगतमा दर्जनौ घरहरु रहेको यस बस्तीमा जगबुडा नदीले वर्षै पिच्छे जग्गा कटानी गर्न थालेपछि अहिले आएर ९ घरपरिवारमा करिब ४० जना परिवार अठार नम्वर पिल्लर बस्तीमा बसोबास गर्दै आएका छन् ।

भारतियहरुको हातमा रहेको जगबुडा नदी जुनसुकै बेलापनि नदीको पानी खोलेर वर्षा तथा हिउदयाममा बर्सेनी हुने नदी कटान संगैको डुबानको समस्या विकराल हुदै जादा नदी आसपासका जग्गा समेत बालुवामय हुने गरेको छ् । बस्तीमा आवागमन गर्न प्रदेश सरकारल झोलुङ्गे पुल निमार्ण गरेपनि वर्षायाममा बस्तीनै सम्पर्क बिच्छेद हुने गर्दछ् । अठार नम्वर पिल्लर बस्तीमा सिमाको रेखदेख लागी पनि बस्ती आवश्यक रहेको जानकारहरु बताउछन् ।

सिमा संग गाँसिएर भारतियहरुको मेलजोलमा बस्दै आएका अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुको भारतियहरुले गर्दै आएको ज्यादतीको बारेमा पिडा पोख्न सक्दैनन् ।






