असहाय बालबालिकालाई छात्रबृत्ति


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १ का आमा बुवा गुमाएका असहाय बालबालिकालाई आज छात्रबृत्ति रकम प्रदान गरिएको छ । वडा कार्यालयको चालु आबको स्वीकृत कार्यक्रम अनुसार १६ जना असहाय बालबालिकालाई छात्रबृत्ति प्रदान गरिएको हो ।

एक लाख रकम परिचालन गरी दुई वटा माध्यमिक तह र तीन वटा आधारभूत तहका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको वडा अध्यक्ष उत्तरदेव भट्टले बताउनु भयो । “छात्रबृत्तिका लागि वडा कार्यालयमा ४३ निवेदन आएका थिए” उहाँले भन्नु भयो, “आमा वा वुवा मध्ये एक नहुने कक्षा ८,९ र १० का विद्यार्थी र आमा बुवा नहुने निवेदन दिएका सबै जनालाई छात्रबृत्ति रकम उपलव्ध गराएका छौं ।”

उहाँका अनुसार छनौटमा परेका विद्यार्थीलाई जनही रु छ हजार २५० का दरले छात्रबृत्ति रकम दिईएको छ ।
“विद्यार्थीलाई पठनापाठनको कार्यमा सहजता होस भनेर केही नयाँ गर्न खोजेका छौं” वडा अध्यक्ष भट्टले भन्नु भयो, “छात्रबृत्ति रकमको प्रभावकारीता हेरेर आउदो आब देखि अन्य लक्षित वर्गका विद्यार्थीका लागि अन्य कार्यक्रम सञ्चालन गर्छौ ।” वडा कार्यालयले अभिभावक गुमाएका विद्यार्थीलाई छात्रबृत्ति रकम उपलव्ध गराएर अफनत्व प्रदान गरेको स्थानिय बासिन्दाको भनाई रहेको छ ।


ताजा समाचार

spot_img