साउने उर्लिदो महाकालीमा किशोर वेपत्ता

कञ्चनपुर :  कञ्चनपुर स्थित महाकाली नदीमा एक किशोर वेपत्ता भएका छन । भीमदत्त नगरपालिका ११भुजेका स्थानीय १७ बर्षिया किशोर नदीमा वेपत्ता भएका हुन । सोमबार साँझ साढे ५ बजेतिर पौडीसंगै माछा गर्न नदीमा पसेका युवक क्रिस सुनार वेपत्ता छन । माछा मारेर घर फर्किने क्रममा जालसंगै अडकिएर सुनार वेपत्ता भएको स्थानीय अम्बादत्त जोशीले बताए । ‘सहकर्मीसंगै नदीमा पौडीखेल्नदेखि माछा मारेर फर्किने क्रममा जाल खुट्टामा खडकिएपछि उनी नदीमै हराए, अर्का युवक नदी तरेर फर्किए, ‘उनले भने, ‘यो साउने उर्लिदो महाकालीमा सुनार बेपत्ता भएका छन ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले वेपत्ता भएका किशोरको खोजी कार्य भईरहेको बताए ।
‘हामीलाई सुचना आए लगत्तै हाम्रो टोली सहित सशस्त्र प्रहरीको टोली घटना स्थलमा परिचालन भएको छ, ‘उनले भने, ‘नदीमा हराएका किशोरको खोजी कार्य जारी छ ।’ घण्टौँ अघि महाकाली नदीमा वेपत्ता युवकका आफन्तले अब शास पाईने आस गरेका छैनन, लाशकै पखाईएमा छन । वाढी आउने बेला ठुला नदी तथा खोलामा नुहाउने, तर्ने जोखिम नलिन नागरिक समाजले आग्रह गरेको छ ।

ताजा समाचार