बेलडाँडिमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि १ दिने क्षमता विकास तालिम सम्पन्न


कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्रमा दृष्टिविहिन अपाङ्गता भएका महिलाहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि १ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।

आइतबार बेलडाँडी गाउँपालिकाको सभाहलमा एबिलिस फाउन्डेसनको आर्थिक सहयोगमा कञ्चनपुर नेत्रहिन संघको आयोजनामा दृष्टिविहिन अपाङ्गता भएका महिलाहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि १ दिने क्षमता विकास तालिम आयोजना गरिएको कार्यक्रम संयोजक सरिता महताले बताउनु भयो।
उनका अनुसार दृष्टिविहिन अपाङ्गता भएका महिलाहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि १ दिने क्षमता विकास तालिमको प्रशिक्षण स्वास्थ्य शाखा प्रमुख माधवा नन्द भट्टले दिनु भएको हो।

तालिममा आफ्नो मन्तव्य राख्दै बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथले पालिकाको तर्फबाट निरन्तर सहयोग रहने र अपाङ्गता भएका दृष्टिबिहिन महिला लगायत अन्य वर्गका अपाङ्गता भएका व्यक्तिहरु को आवश्यकताको पहिचान गरि उनिहरु का मुद्धा लाई सधै सम्बोधन गर्ने र निरन्तर सहयोग समेत रहने बताउनु भयो।

प्रमुख अतिथि पालिका अध्यक्ष हरिशचन्द्र रानाले अपाङ्गता भएका सबै किसिमका व्यक्ति र दृष्टिबिहिन महिला लाई मध्यनजर गरि आगामी दिनमा गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा विशेष सहयोग रहने समेत प्रतिबद्धता गर्नु भएको छ। उनले भने, अपाङ्गता मैत्रीपुर्ण भौतिक संरचना निर्माणमा पनि गाउँपालिकाले बेलैमा ध्यान पुगाउने छ।`

कञ्चनपुर नेत्रहिन संघका अध्यक्ष प्रेम बहादुर बोहराको सभापतित्वमा बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको प्रमुख अतिथित्वमा तालिम सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथि बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ , प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशी र महिला बिकास शाखा प्रमुख लगायत दृष्टिबिहिन अपाङ्गता भएका व्यक्तिहरु को सहभागीता रहेको थियो। जसमा स्वागत मन्तव्य कञ्चनपुर नेत्रहीन संघका उपाध्यक्ष अम्बा दत्त जोशिले राख्नु भएको थियो भने कार्यक्रम संयोजक सरिता महताले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।


ताजा समाचार

spot_img