दोधारा चाँदनीमा ३ महिने पलम्बिङ एण्ड सेनेटरी फिटिङ तालिम सम्पन्न


दोधारा । दोधारा चाँदनी नगरपालिकामा ३ महिने पलम्बिङ एण्ड सेनेटरी फिटिंग तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका–२ मा ३ महिने (७५ दिने) पलम्बिङ एण्ड सेनेटरी फिटिंग तालिम सम्पन्न भएको दशरथ भट्टले जानकारी दिएका छन् । घरेलु तथा साना उद्योगको आयोजनामा र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा शनिवार एक कार्यक्रमका बिच ३ महिने पलम्बिङ एण्ड सेनेटरी फिटिंग तालिम सम्पन्न हो । स्थानिय श्रोत साधनको सदुपयोग गरी सीप सिकौ स्वरोजगार बनौं भन्ने लक्ष्यका साथ संचालित उक्त कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका १० जना स्थानियहरु तालिममा सहभागी रहेका थिए । घरेलु तथा साना उद्योग महेन्द्रनगर कञ्चनपुरका प्रशिक्षण अधिकृत कृष्ण देब भट्टको अध्यक्षतामा संचालन भउको समापन सत्रका प्रमुख अतिथि दोधारा चाँदनी नगरपालिका– २ का वडा सदस्य मनकला खनाल पुजारा रहेका थिए । त्यसै गरी विशिष्ट अतिथिमा साहरा टेक्निकल एजुकेसन प्रालि कन्चनपुरका प्रशिक्षक राजु कुमाल, अतिथिमा रतन बहादुर कुमाल रहेका थिए ।

वडा सदस्य मनकला खनाल पुजारा तालिममा सहभागी भएका किशोरहरुलाई पलंविङ पेशामा आवद्ध भई आफ्नो क्षेत्रमा आफूले सिकेको सीपको सदुपयोग गर्नुपर्ने कुरा व्यक्त गरे । आफूले सिकेको सीप प्रमाण पत्रका लागि मात्र नभई आत्मानिर्भर र स्वरोजगार बन्नका लागी प्रयोग हुनेमा आफु ढुक्क भएको वडा सदस्य खनाल पुजाराले बिश्वास राखेका छन् । यस्तै तालिमको समापन सत्रमा आफ्नो मन्तब्य राख्दै साहारा टेक्निकल एजुकेसन प्रालिका प्रशिक्षक राजु कुमालले सीप सिकाइ, स्वरोजगार उत्पादन गरी, आय आर्जन वृद्धि गर्ने उद्देश्यले तालिम दिइएको जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा पलम्बिङ तालिमको आवश्यकता रहेकाले आवश्यकता अनुसारको तालिम सिकाईएको कुमालले बताए । गाँउ, बस्तीमा रहेका बेरोजगार युवा, सीप सिक्न ईच्छुक ब्यक्ति, आर्थिक रुपमा विपन्न वर्गका मानिसलाई लक्षित गरी यस क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको बताए ।

‘तालिममा प्रशिक्षार्थीहरुलाई पहिलो चरणको आधारभुत लेबलको तालिम दिइएको हो,’ उनले भने ‘यसपछि अर्को वर्ष एडभान्स लेबलको तालिम संगै अन्य यस्तै सीपमूलक तालिमहरु दिइने छ् ।’ घरेलु तथा साना उद्योग महेन्द्रनगर कंचनपुर शाखाका प्रशिक्षण अधिकृत कृष्ण देब भट्ट प्रमुख प्रशिक्षक थिए भने, स्थानिय रतन बहादुर कुमाल प्रशिक्षक र साहारा टेक्निकल एजुकेसन प्रालिका राजु कुमाल सह – प्रशिक्षक रहेको आयोजक संस्थाले जनाएको छ् ।


ताजा समाचार

spot_img