कञ्चनपुर : समान्यतया कुनै दाम्पतीको विवाह भएको अर्थात बर्ष गाँठका दिन भोजभतेर गर्छन, तर कञ्चनपुरको एक दाम्पत्तीले बैवाहिक बर्षगाँठका दिन विद्यालयमा बृक्षारोपण गरेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका पत्रकार धन सिह धामी दाम्पत्तीले बैजनाथ मा.बि. नयाँ तिलकपुर वडा नं. ३ मा बृक्षारोपण गरेका छन । शनिबार ३० असारमा विवाह भएको १३ औँ बर्षमा प्रवेस गरेको अवसर पारेर धामी दाम्पत्तीले विद्यालय परिषरमा विभिन्न फलफुलका बिरुवा रोपेका छन ।
१२ बर्षअघि धन सिह धामी र सावित्री पाली वैवाहित जिवनमा बाँधिएका थिए । तीन सन्तानका धामी दाम्पत्तीले कौसिमा विभिन्न फलफुल तथा तरकारीका बिरुवा लगाउदै काैसि मै सुपकाे वृहत ड्रागनखेती गरेर चर्चा कमाएका छन । धामी दाम्पत्तीले आपँ, कागती, शितलचिनि, ड्रागनफल, फुल सहितका २५०बिरुवा रोपेका छन । धन सिह धामीले आफुले अध्ययन गरेको विद्यालयमा बर्ष गाँठमा फजुल खर्च भन्दा आफ्नै काैसिवारीमा उत्पादित बिरुवा राेपेर केही समाजिक सृजनात्मक काम गर्ने प्रयास गरिएको बताए ।
यस भन्दा पूर्व यस्तै समाजिक कार्यमा सक्रिय रहेर काम गर्दै आएका धामीले कृषि मा क्रान्ति सानै स्थरबाट शुरु गरेपनि पछि यसले वृहत रुपलिने बताउदै समाजिक काममा युवाहरुलाई पनि प्रेणाकाे श्राेत भएर राष्ट्र निर्माणमा जुटाउदै अघि बढ्ने साेच रहेकाे बताए । धन सिह धामीले आगामी दिनमा पनि आफ्नो समाजसेवालाई निरन्तरता दिदै नयाँ कार्य याेजनाका साथ थप कार्यक्रम सञ्चालन गर्ने बताएका छन । बृक्षारोपणमा धामी दाम्पत्ती सहित विद्यालयका अध्यक्ष मान बहादुर बिष्ट, प्रअ मदन विष्ट,वडा नं.३ का वडा सदस्य बिर बहादुर महरा, राष्ट्रवादि अभियन्ता कर्ण बहादुर बिष्ट सहितका शिक्षक, विद्यार्थी, स्थानिय समाजसेवि,धामीका सहकर्मी सहभागि भएका थिए ।