कञ्चनपुर : आज देश भर भानुजयन्ती धुमधामका साथ मनाईएको छ । सोही क्रममा आज कञ्चनपुरमा पनि मनाइएको हो । २१० औं भानुजयन्ती भीनपा ४ स्थित भानु चोकमा रहेको भानुभक्त्तको सालिकमा माल्यार्पण गरी त्यहाँ उपस्थित साहित्यकारहरुले आफ्ना विभिन्न लेख, रचना, कविता र गीत गाएर उनलाई सम्झेका थिए ।

कार्यक्रममा उपप्रध्यापक हरिप्रसाद खतिवडा, साहित्यकार पञ्चमराज भट्ट, जगदीश ओझा, मनोरमा भट्ट, उपप्रा मोहनप्रसाद चौधरी, डम्वर शर्मा, कविराज भट्ट, प्रेम कलौनी,धर्मानन्द भट्ट, अम्बादत्त जोशी लगायतले रचना वाचन गर्नु भएको थियो भने कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय भाषा, साहित्य तथा संस्कृति केन्द्रका निर्देशक डा.हरीशचन्द्र भट्ट, सङ्गम अध्यक्ष हरीश जोशी, सचिव उत्तम बिष्ट, कोषाध्यक्ष लक्ष्मी भट्ट लगायत विभिन्न साहित्यकारहरूको सहभागिता रहेको थियो ।

महाकाली साहित्य संगमको आयोजनामा भएको उक्त कार्यक्रममा सङ्गमका उपसभापति सरिता पन्थीको सभापतित्वमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी रहनु भएको थियो भने कार्यक्रम सङ्गमका महासचिव भवानी चन्दले गर्नु भएको थियो ।







