कञ्चनपुर: कैलालीका ट्राफिक प्रहरीलाई ट्राफिक भ्वाईलेन्स रेकर्ड सिस्टम(टिभीआरएस) सप्टवेयर प्रणाली सम्बन्धी अनुशिक्षण दिईएको छ । बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ट्राफिक प्रहरीलाई ट्राफिक भ्वाईलेन्स रेकर्ड सिस्टम(टिभीआरएस) सप्टवेयर प्रणाली सम्बन्धी अनुशिक्षण दिईएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले जिल्लाभरीका ट्राफिक प्रहरीलाई (टिभीआरएस) सप्टवेयर प्रणाली सम्बन्धी अनुशिक्षण तालिम लिएको बताए ।

आगामी आर्थिक बर्ष ०८०/०८१ साउन १ गतेदेखि सवारी नियम उलङघन गर्ने सवारी चालक धनीलाई ट्राफिक जरिवाना अब नगदमा नभई सिधै ईसेवा बाफत भुक्तानी प्रणाली लागु हुने भएकाले कैलाली ट्राफिक प्रहरीले (टिभीआरएस) सप्टवेयर प्रणाली सम्बन्धी अनुशिक्षण तालिम लिएको उनले बताए । अब सवारी साधन ऐन उलङन गर्नेहरुलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिदै उक्त समयमा नजिकको राष्ट्रिय वाणिज्य बैंक वा अनलाईनबाट ट्राफिक पुलिस फाईन पेमेन्ट शिर्षकमा ई सेवा, खल्ती कनेन्ट आईपिएर आईबिबि एफबाट भुक्तानी गर्नुपर्ने छ ।

सिधै बैंक वा अनलाईनबाट आफैले जरिवाना बुझाए पछि मात्रै कागज पत्र जुन कार्यालयमा समात्यो त्यहीबाट फिर्ता हुनेछ । नगद जरिवाना लिदा ट्राफिक प्रहरीलाई केही चालकहरुले घुस लिएको बढि लिएको आरोप लगाउँदै आएका थिए । उक्त आरोपबाट मुक्त हुन अब ट्राफिक प्रहरीले नगदमा जरिवाना नभई बैंक, ईसेवाबाट मात्रै जरिवाना तिराउनेछ ।







