दोधारा । दोधारा चाँदनी नगरपालिका– १० कुतियावर बस्तीमा नदीले जग्गा कटानी गर्न थाले संगै स्थानियहरु चिन्तित भएका छन् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको सिमा बस्ती बाढीको उच्च जोखिममा रहेको बस्ती मानिन्छ् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको उक्त बस्तीमा वर्षेनी नदी कटानी, डुवानको समस्या झेल्दै आएपनि नेपाल सरकारले बाढीको दिर्घकालिन समस्या हल गर्न सकिरहेको देखिन्न् । धौलीगंगा जलविद्युत परियोजनाको बाँधको सिल्ट सफाईको कार्य भईरहेको कारण बाँधको ढोका खोलिए संगै नदीको बहाव बढ्दै जाँदा कुतियाकवर बस्तीका स्थानियहरुको जग्गा कटानी गर्न थालेको स्थानियहरले बताएका छन् । महाकाली नदीको पानीको बहाव तिब्र भए संगै स्थानिय कर बहादुर सुनार, जितु खत्री, लिला खत्री, नुवा खत्री, भिम बहादुर खत्री लगाएत आधा दर्जन स्थानियहरुको खेती योग्य जग्गा नदीले कटानी गर्न थालेको स्थानियहरुले बताएका छन् । लगातार नदीमा बहाव बढेपछि जग्गा कटान तीव्र बनाएको हो ।


‘नदीमा पानीको बहाव बढे संगै जग्गा कटान लगातार बढ्दो रुपमा रहेको छ’, कर बहादुर सुनारले भने, ‘नदीको बहाव थोरै पनि बढे संगै जग्गा कटानीले बस्तीनै जोखिममा पर्ने देखिएको छ् ।’ वर्षात् अझै बाँकी रहेकाले लगातारको नदीले जग्गा कटान गर्दा बस्तीका बासिन्दा सुरक्षित बासस्थानको खोजीमा जुटेका छन् । बस्ती नै नदीको उच्च जोखिममा रहेकाले परिवार जोगाउने यस पटक पनि चुनौती आइपरेको उनले बताएका छन् ।

बिगतका दिनहर देखि पक्की तटबन्ध निमार्ण गरि बस्ती सुरक्षित गरिदिन स्थानियहरुले नेपाल सरकार संग माँग राख्दै गरेपनि उनिहरुको माँग अझै सम्म पुरा हुन सकेको छैन् । बस्तीनै बाढीको उच्च जोखिममा रहदै गर्दा दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत गैरसरकारी संस्थाले बिपद्को पुर्व तयारी ब्यापकरुपमा गर्दै आएको छ् ।







