दोधारा । आर्थिक मन्दीले बजार सुस्ताएका बेला बजारमा एका एक भारतीय रुपैया आएपछि पेट्रोल पम्पले कारोबार गर्न छाडेका छन् । बैंकले भारतीय रुपैया जम्मा नगर्ने भन्दै पम्पहरुले भारुमा कारोबार छाडेका छन् । पम्पहरुले भारतीय रुपैया चल्दैन भनेर सूचना टाँस गरेका छन् । केही वर्ष अघि सम्म जग्गा बाहेक अन्य सबै कारोबार भारुमै हुने दोधारा चाँदनीमा समेत पम्पले भारु लिन छाडेका छन् । पम्पमा मात्रै नभई, सहकारी बैंक, लघुबित्तिय संस्था र बजाहरुमा भारतिय रुपिया कारोवार बन्द भएको छ् । भारतीय रुपैंयालाई बैंकहरुले जम्मा गर्न नमानेपछि काराबोर बन्द गरिएको पम्प सञ्चालकहरुले दावी गरेका छन् ।


भारतमा काम गर्ने नेपाली र र भारतीय रुपैयाको कारोबारमा संलग्नबाट बजारमा भारतीय रुपैया आएको आशंका गरिएको छ । आर्थिक मन्दी बढेपछि केही महिना देखि बजारमा एका एक भारतीय रुपैंया आएको छ । बजारमा भारतीय रुपैंया कसरी आयो भन्ने एकिन कारण बाहिर आएको छैन् । भारु चल्न छाडेपछि भारतीय नागरिक आउने होटल र पर्यटन क्षेत्र अप्ठेरोमा परेको छ् । अहिले भारतीय रुपैया एक सयलाई रुपियालाई १ सय ५० नेरुमा बिक्री गर्न पर्ने बाध्यता छ् ।

१ सय भारुको बिक्री विनिमयर दर १ सय ६० हो । भारतीय रुपैयाको कारोबार घटेपछि खरिद बिक्री ४० प्रतिशत घटेको व्यवसायी बताउछन् ।







