जिल्ला  पूर्णखाेप सुनिश्चितता  तथा दिगाेपना घाेषणा सभा कार्यक्रम सम्पन्न

कञ्चनपुर : जिल्ला  पूर्णखाेप सुनिश्चितता  तथा दिगाेपना घाेषणा सभा कार्यक्रम सम्पन्न भएको  छ।

´पूर्ण खाेप सुरक्षित भविष्य´ भन्ने मुलनाराका साथ पूर्ण खाेप सुनिश्चितता कार्यक्रम आयाेजना गरिएको  थियाे । हाल १३ वटा  प्राणघातक राेग विरूद्व खाेप लगाउदै आएकाे थियाे। जसमा जिल्लामा रहेका ९ वटै स्थानीयतह पालिका र गाउँपालिकाले याेभन्दा अगाडि  नै पुर्ण खाेप लगाएको घाेषणा गरि सकेका छन्  ।

जिल्ला पुर्णखाेप सुनिश्चितता कार्यक्रमलाई सफल पार्न ताेकिएकाे कार्य क्षेत्रमा  खटिएका  महिला स्वंमसेविका, अनमि तथा अहेवलाई नगद राशि तथा प्रमाणपत्र  सहित दाेसल्ला ओडाएर सम्मान गरिएको  थियाे ।

कञ्चनपुर  जिल्ला पुर्णखाेप  स्वागत मन्तव्य स्वास्थ्य कार्यलय कञ्चनपुरका कार्यालय प्रमुख  दयाकृष्ण पन्तले गर्नु भएको थियाे । सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री  कमल बहादर शाहकाे प्रमुख आतिथ्यमा, कञ्चनपुर जिल्ला समन्वय समितिका अध्यक्ष  दुर्गा दत्त बाेहराकाे सभापतित्व रहेकाे थियाे भने कार्यक्रम सञ्चालन सिद्ध राज भट्टले गर्नु भएको थियो ।

ताजा समाचार

spot_img