कृष्णपुरमा मासु जाँच ऐन कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मासु जाँच ऐन कार्यन्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । शनिबार सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय धनगढी कैलालीको आयोजनामा मासु जाँच ऐन कार्यन्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो । नगर भित्रका मासू व्यवसायी र सरोकारवाला निकायहरुलाई मासु जाँच ऐन कार्यन्वयन सम्बन्धी जानकारी गराएको हो । कार्यक्रममा सहभागि मासु व्यवसायि तथा सहभागीहरुले राखेका विभिन्न जिज्ञासाको बारेमा कार्यपत्र पेश गरेका वरिष्ठ पशु चिकित्सक डा. नरेश प्रसाद जोशीले प्रष्ट पार्नु भएको थियो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका बरिष्ठ कृषि प्रसार अधिकृत टिकाराम थापाले स्वागत मन्तब्य राखेका थिए । त्यसैगरी पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीका प्रमुख डा. पान सिंह ठगुन्नाले फ्रिजिङ्ग नगरेको मासु र विना तताएको दुध खान नहुने बताए ।

कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय धनगढी र्कैलालीका सचवि डा.मदन सिह धामीले यस आ.व बाट विगतका दिनमा जस्तो अनुदान राशि नबाँडिने र अब सम्बन्धित वडा कार्यालय र नगरपालिकाबाट वास्तविक किषानको पहिचान गरी काम गर्ने कृषकलाई अनुदान दिने बताए । वास्तविक किषानले अनुदान पाउन बाट बञ्चित भएको गुनासाहरु धेरै आउन थाले पछि आफुहरुले वास्तविक कृषि कार्य गर्ने किसानहरुलाई अनुदान पुगोस भन्ने मनसायले अब वडा र नगरपालिकाको सिफारिसमा अनुदान दिने लागेको बताए । कृष्णपुरकी उपप्रमुख द्रोपती रानाले यस पालिकामा अनुगमनका क्रममा दोहोरो अनुदान लिने व्यक्ति भेटियो भने भुक्तानी रोक्ने बताईन । काचो मासु कचौल मासु नखान आफूबाट सुरुवात गर्नु पर्छ ।

त्यसैगरी कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले मासु व्यवसायीलाई शुद्ध, सफा र स्वास्थ्य वद्र्धक बनाउनु पर्नेमा जोड दिनु भयो । मासुमा मानिसको शरिरको लागि सबै भन्दा पौष्टीक तत्व रहेकोले मासु जन्य पदार्थमा एन्टोबायोटीक औषधी प्रयाग नगर्ने गर्नु परेमा सके सम्म कम प्रयोग गर्ने, र फ्रिजिङ्ग गरेको मासु खाने बानी बसाल्नु पर्ने नगर प्रमुख ओझाले बताए । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय धनगढी कैलालीका सचिव डा. मदन सिंह धामीको अध्यक्षता र कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा जनप्रतिनिधी, सरोकारवाला, मासु व्यवसायी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम भूमि व्यव्स्थापन कृषि तथा सहकारी मन्त्रालय धनगढी कैलालीका कृषि अधिकृत कृष्ण राज जोशीले गर्नु भएको थियो ।

ताजा समाचार

spot_img