दोधारा । हेल्पीङ हेण्ड नेपालले दोधारा चाँदनी नगरपालिका नगर अस्पताललाई ठुलो मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ मा रहेको दोधारा चाँदनीको नगर अस्पताललाई हिजो एक कार्यक्रमको बिच रु. ४२ लाख ३ हजार १ सय रुपिँया बराबरको सर्जिकल सामग्री तथा स्वास्थ्य उपकरण उपलब्ध गराएको दोधारा चाँदनी नगर अस्पतालले जनाएको छ् ।


एक कार्यक्रमको बिच उक्त सामग्री हस्तान्तरण गरिएको हेल्पीङ हेण्ड नेपालले जनाएको छ् । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, नगर अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेत, वडाध्यक्ष, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, स्वास्थ्य शाखा दोधारा चाँदनीका शाखा प्रमुख गणेश दत्त मिश्र, नेपाली काग्रेंसका नेता मदन लाल सुनार, हेल्पीङ हेण्ड नेपालका जिवा पोखरेल, असपाक खान, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट लगाएत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

अस्पतालमा ठुलो मात्रामा सर्जिकल सामग्री तथा स्वास्थ्य उपकरण उपलब्ध गराएको भन्दै हेल्पीङ हेण्ड नेपाललाई बक्ताहरुले धन्यबाद दिएका थिए ।







