दोधारा । दोधारा चाँदनी नगरपालिकाको कञ्चनभोजमा बादरको स्थानियहरु आक्रमण गर्न थालेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजको गुरुङ्ग टोलका स्थानियहरुलाई बादरको हुलले आक्रमण गर्न थालेको स्थानियहरुले बताएका छ् । बादरको आक्रमणबाट गुरुङ्ग टोलका अन्ताजी ४५ वर्षका श्याम गुरुङ्ग, वर्ष अन्ताजी ५६ का मन बहादुर गुरुङ्ग, वर्ष ७ का सुजिना गुरुङ्ग, वर्ष अन्ताजी ५० का आशा गुरुङ्ग गरि एक दर्जन स्थानियहरुलाई बादरको आक्रमणबाट घाईते भएको स्थानियहरुले बताएका छन् । स्थानियहरुले नजिक रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाईखबर गरिेपनि खासै सहयोग नपाएको उनिहरुको गुनासो रहेको छ् । हुलका हुल बादरले स्थानियहरुको भान्सामा पकाएका खाना खाइदिने, अन्न लिएर भाग्ने, छरिदिने, किसानले लगाएको खेती तथा तरकारीवाली उखेलिदिने तथा खाइदिने गरेपछि दोधारा चाादनी नगरपालिका– ७ कञ्चनभोजका स्थानियहरु हैरानी खेप्नु परेको छ् ।


यति मात्र हैन् हुल बाँधेर छिरेका बादरले घरमा राखेका सामग्रीहरु समेत च्यातिदिने, स्थानियहरुलाई आक्रमण गर्ने लगाएतका उच्छृंखल काम गरेर क्षति पुर्याउने गरेका कारण कञ्चनभोजका सर्वसाधारणले हैरानी व्यहोर्नु परेको हो । कञ्चनभोजको गुरुङ्ग टोलमा यस्तो समस्या देखिएको स्थानियहरुले बताएका छन् । स्थानियबासी पुजा गुरुङ्गका अनुसार बादरको हुल घर भित्र पसेर घरमा भएका समानमा क्षती गरिदिने र भन्सामा पकाएर राखेका खानेकुरा खाईदिने तथा नष्ट गरिदिने गर्दै आएको बताईएको छ् ।

मकै तथा भटमास खेतीलाई समेत बादरको बथानले क्षती गर्दै आएको स्थानिय पुजा गुरुङ्गले बताएका छन् । एक महिना देखि कञ्चनभोजको गुरुङ्ग टोलमा बादरले आतंक मच्चाउदै आएको उनको भनाई रहेको छ् ।







