दोधारा । दोधारा चाँदनी नगरपालिकामा अपांगता भएका ब्यक्तीहरुलाई सहायक सामग्री बितरण गरिएको छ् । हेल्पीङ हेण्डको सहयोगमा दोधारा चाँदनी नगरपालिकामा रहेका १० जना अपांग भएका ब्यक्तीहरुलाई ह्विल चियर बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको सभापतित्वमा संचालित अपांगता भएका ब्यक्तीहरुलाई ह्विल चियर बितरण कार्यक्रमका प्रमुख अतिथी हेल्पीङ हेण्ड नेपालका प्रमुख जिवा पोखरेल रहेका थिए भने, बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी रहेका थिए । यस्तै आतिथीमा वडाध्यक्ष, बाताबरण संरक्षण तथा समाज कल्याण संघ नेपाल कञ्चनपुरका पशुपती थापा मगर लगाएत दोधारा चाँदनी नगरपालिका कार्यालयका स्वास्थ्य शाखाका शाखा प्रमुख गणेश दत्त मिश्र लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।


नगरपालिकाका सबै बर्ग समुदाय प्रति उत्तरदायी रहेको र उनीहरुको दैनिक जिवनलाई सहज बनाउन हरदम तयार रहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । प्रत्येक नागरिकलाई संबन्धित स्थानीय तहबाटै सेवा सुबिधा दिने राज्यको निति अनुरुप भए पनि आर्थिक समस्याको कारण दाताहरुबाट समेत सहयोग माँग गरि जनताको समस्या हल गर्दै गरेको मेयर लिम्बुले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रको स्वास्थ्य समस्यालाई मध्यनजर राख्दै ह्विल चियर सहयोग गरेकोमा मेयर किशोर कुमार लिम्बुले हेल्पीङ हेण्ड नेपालको टोलीलाई बिशेष धन्यबाद दिएका थिए । अपांगता भएका ब्यक्तीहरु उनिहरुको दैनिकी सहजताको लागी ह्वि चियर पाए पछि खुशी भएका छन् ।







