बेदकोट र पुनर्वास नगरपालिका खेलकुद समिति अध्यक्षमा भट्ट र तामाङ

जिल्ला खेलकुद अध्यक्ष कुबेर खड्का बाट दुबै पालिका अध्यक्षले बुधबार पदभार तथा सपथ ग्रहण गरे


कञ्चनपुर : कञ्चनपुरका जिल्लामा बेदकोट र पुनर्वास नगरपालिका अध्यक्ष नियुक्ति भएका छन् ।

बुधबार पालिका खेलकुद समिति अन्तर्गत बेदकोट नगरपालिका खेलकुद समिति अध्यक्षमा प्रजापति भट्ट र पुनर्वास नगरपालिका खेलकुद समिती अध्यक्षमा पुर्व फुटबल खेलाडी बल बहादुर तामाङ नियुक्ति भएका हुन। उनलाई कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खडकाले बुधबार पदभार तथा सपथ ग्रहण गरार्ईएको छ ।

जिल्लाका पालिकाबाट पालिका खेलकुद समितिका लागि सिफारिस भए बमोजिम जिल्ला खेलकुद समिति कञ्चनपुरले पालिका समितिलाई पदभार तथा सपथ ग्रहण गराईएको हो ।

बुधबार एक कार्यक्रमका विच जिल्ला खेलकुद समिति कञ्चनपुरको कार्यालयमा नव नियुक्त पालिका अध्यक्ष नियुक्तका साथै पदभार ग्रहण गराएको कञ्चनपुर जिल्ला खेलकुद समिति उपाध्यक्ष कैलाश चन्द्र गिरिले बताउनु भयो । उपाध्यक्ष गिरीले यस अघि पालिकाबाट सिफारिस भएका पालिका खेलकुद विकास समितिका अध्यक्ष, सदस्यलाई नियुक्तका साथै सपथ पदभार ग्रहण गराई सकेको र आज दुई पालिका अध्यक्ष लाई पनि नियुक्तिका साथ पदभार ग्रहण गराएका हु। उनका अनुसार बेलडाँडीका अध्यक्ष नारायण सिह ठगुन्ना सदस्यहरु गणेश बिष्ट, धिरेन्द्र बहादुर शाही र जमुना सिंह बेलौरी रामेश्वर न्यौपाने सदस्य तेज बहादुर चन्द, भुपेन्द्र बहादुर शाही, जानकी चौधरी कृष्णपुरका अध्यक्ष प्रकास खडका सदस्य हिक्मत भण्डारी, प्रशान्त चौधरी, निशा थापा भीमदत्त नगरका अध्यक्ष शरद चन्द सदस्य दमन चन्द, कबिता जोशी, राजमती लावड र लालझाडी गाउँपालिका सदस्य कौशिल्या राना, खगेन्द्र जोशी, र निरज राना लगायत कार्य समितिलाई सपथका साथै पदभार ग्रहण गराइसकेको र आज वेदको नगरपालिका र पुनर्वास नगरपालिका खेलकुद अध्यक्ष लाई पदभार ग्रहण गराएको छ ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खडकाले पालिका खेलकुद समितिका अध्यक्ष लाई सपथ ग्रहण गराएका थिए । कार्यक्रममा अध्यक्ष खडका सहित, उपाध्यक्ष कैलाशचन्द्र गिरी, कोषाध्यक्ष सुरेन्द्र शाही, कार्यालय प्रमुख गोपाल दत्त भट्ट सहितका पदाधिकारी रहेका थिए । पालिका अध्यक्षले आ–आफ्नो पालिका खेलकुद विकासका कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।


ताजा समाचार

spot_img