कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोधारा चाँदनी–९ का वर्ष २१ के पवन प्रशाद उपाध्याय र २६ वर्षका अमर ब. खत्री रहेका छन् । दुवै आरोपी दुग्ध व्यवसायी रहेका छन् ।
आफ्न्तको जन्म दिन मनाउन हिडेकी बालिकालाई उनीहरुले दोधारा चाँदनी –५ स्थित शुद्ध डेरीको कोठा भित्र लगि बलात्कार गरेका थिए । पिडित बालिकाले मंगलबार दिउसो २ बजेको समयमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा जाहेरी दरखास्त दिए पछि दुवै आरोपी युवकलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।