कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दोहोरो नागरीकता लिएको कसुरमा दुई जना पक्राउ गरेको छ । बैतडी पंचेश्वर गाँउपालिका–५ बस्ने ३९ वर्ष कि कलावती चन्द र सोही स्थान बस्ने वर्ष ५८ का गम्भिर चन्द पक्राउ परेका हुन् । उनी दुवै श्रीमान श्रीमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरुका विरुद्ध बैशाख २८ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको थियो । पहिलो श्रीमान बाट किस्मती चन्दको नामबाट नागरिता लिएकी उनले अहिलेको श्रीमान बाट कलावी चन्दको नाममा नागरिता लिएकी थिईन् ।
बैतडीबाट दोस्रो विवाह गरेर कञ्चनपुर बस्दै आएकी चन्दले अघिल्लो श्रीमान बाट लिएको नागरिकता नत्यागेर हालको श्रीमानको नामबाट समेत नागरिकता लिएको भेटिए हो ।

दुवै जनालाई पक्राउ गरी हाल जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताउनु भयो ।

