दोधारा । सामाजिक कार्य गरेर चर्चा बडुल्दै आएका दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले वडा र छिमेकी वडाका कृषकहरुको उत्पादनका सघाएका छन् । वडाध्यक्ष केशव खत्रीको पहलमा ५० प्रतिशत अनुदान रकममा पावर ट्रिलर ट्याक्टर बितरण गरेका छन् । केशव खत्रीको पहल र हरित नेपाल र असिम कृषी औजार एण्ड सप्लायार्स तथा किसान संग गरिएको सम्झौता अनुसार दोधारा चाँदनी नगरपालिका– ५ वडा भित्र रहेका किसानहरुलाई कृषी उत्पादन बढाउन १३ जना किसानहरुलाई ५० प्रतिशत रकम अनुदानमा पावर ट्रिलर ट्याक्टर बितरण गरेका छन् ।


आज एक कार्यक्रमको बिच किसानहरुलाई अनुदानमा पावर ट्रिलर ट्याक्टर बितरण गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिएका छन् । उनका अनुसार आफ्नो वडामा बसोबास गर्ने १३ जना किसान र वडा नं. ४ का दुई जना किसानलाई ५० प्रतिशत रकम अनुदानमा पावर ट्रिलर ट्याक्टर बितरण गरिएको हो । वडामा रहेका कृषकहरुलाई कृषी उपजमा सघाउने उद्धेश्यले हरित नेपाल र असिम कृषी औजार एण्ड सप्लायार्स संगको सहकार्यमा अनुदानमा पावर ट्रिलर ट्याक्टर बितरण गरिएको वडाध्यक्ष खत्रीले बताएका छन् ।


वडाध्यक्ष खत्रीको पहलमा अनुदानमा कृषी उपजको लागी पावर ट्रिलर ट्याक्टर पाए संगै स्थानियहरुले वडाध्यक्ष खत्रीलाई खुलेरै धन्यबाद दिएका छन् । निर्वाचनको बेला गरिएको जनता संग को बाँचा पुरा गर्नमा वडाध्यक्ष खत्री कटिबद्ध रहदै आएको स्थानियहरुले बताएका छन् ।


कतिपय स्थानियहरुले सामाजिक सञ्जालमा वडाध्यक्ष खत्रीलाई हर्क साङपाङ र बालेन शाह जस्तै कार्य गर्दै आएको भन्दै प्रशंसा समेत गर्दै आएका छन् ।






