दोधारा चाँदनीको कञ्चनभोजमा बादर आतंक : स्थानिय हैरान


दोधारा । हुलका हुल बादरले स्थानियहरुको भान्सामा पकाएका खाना खाइदिने, अन्न लिएर भाग्ने, छरिदिने, किसानले लगाएको खेती तथा तरकारीवाली उखेलिदिने तथा खाइदिने गरेपछि दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजका स्थानियहरु हैरानी खेप्नु परेको छ् । यति मात्र हैन् हुल बाँधेर छिरेका बादरले घरमा राखेका सामग्रीहरु समेत च्यातिदिने, स्थानियहरुलाई आक्रमण गर्ने लगाएतका उच्छृंखल काम गरेर क्षति पुर्‍याउने गरेका कारण कञ्चनभोजका सर्वसाधारणले हैरानी व्यहोर्नु परेको हो ।

कञ्चनभोजको गुरुङ्ग टोलमा यस्तो समस्या देखिएको स्थानियहरुले बताएका छन् । स्थानियबासी पुजा गुरुङ्गका अनुसार बादरको हुल घर भित्र पसेर घरमा भएका समानमा क्षती गरिदिने र भन्सामा पकाएर राखेका खानेकुरा खाईदिने तथा नष्ट गरिदिने गर्दै आएको बताईएको छ् ।

मकै तथा भटमास खेतीलाई समेत बादरको बथानले क्षती गर्दै आएको स्थानिय पुजा गुरुङ्गले बताएका छन् । एक महिना देखि कञ्चनभोजको गुरुङ्ग टोलमा बादरले आतंक मच्चाउदै आएको उनको भनाई रहेको छ् ।


ताजा समाचार

spot_img