गाैरा विषयक विचार गाेष्ठी कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न

महेन्द्रनगर : गाैरा विषयक विचार गाेष्ठी कञ्चनपुरको महेन्द्रनगरमा  एक कार्यक्रमका साथ सम्पन्न भएको छ।

मानसखण्ड फाउन्डेसनकाे आयाेजनामा गाैरा बिषयक विचार गाेष्ठी महेन्द्रनगरमा सोमबार सम्पन्न भएको हो।

फाउन्डेसनका अध्यक्ष नारा जाेशीकाे अध्यक्षतामा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन तथा संस्कृतिविद् डा. टेकराज पन्त प्रमुख अतिथ्यतामा सम्पन्न गाेष्ठी सम्पन्न भएको हो। जसमा विशिष्ट अतिथिहरु ज्याेतिष भवानीदत्त चटाैत, ज्याेतिष पण्डित लक्ष्मीकान्त जाेशी, ज्याेतिष माेहनचन्द्र जाेशी, संस्कृतिविद् पञ्चमराज भट्ट, मानसखण्ड विकास समितिका अध्यक्ष मान बहादुर चन्द, साहित्यिक पत्रकार सङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष डम्मर शर्मा बडू , हाेटल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्ट तथा नारी स्रष्टाहरु डा. नारायणी भट्ट, चन्द्रकला पन्त, मधु हमाल रहनु भएका थिए । फाउन्डेसनका सदस्य कविराज भट्टले सञ्चालन गरेकाे कार्यक्रममा उपाध्यक्ष राकेश बहादुर चन्दले स्वागत मन्तव्य राख्दै सहभागीहरुलाई स्वागत गर्नु भएको थियो।

गाेष्ठीका मुख्य वक्ताहरु साहित्यकार तथा सांस्कृतिक अध्देता जगदीश ओझा, ज्याेतिष पण्डित विद्वान लक्ष्मीकान्त जाेशी, मानसखण्डका अध्येता आचार्य घनश्याम लेखकले कार्यपत्र सहित मन्तव्य राखेका थिए । अन्य विशेष वक्ताहरु भवानीदत्त चटाैत, पञ्चमराज भट्ट, डा. नारायणी भट्ट, डम्मर शर्मा बडू, दीर्घराज ओझा, तुलसी पण्डित र दीर्घराज भट्ट लगायतले गाैराकाे बारेमा आ-आफ्नो मत अभिव्यक्त गरेका थिए । प्रमुख अतिथिको दिर्घाबाट मन्तव्य राख्दै डा. टेकराज पन्तले गाैरा सम्बन्धमा अझै सम्बन्धित पक्ष र सराेकारवालाहरुसँग थप छलफल र अन्तरक्रिया गरेर निष्कर्षमा पुग्नुपर्ने र अन्याैलता हटाउनु पर्ने कुरामा जाेड दिए।

कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट सहयाेग गर्ने सम्पूर्ण सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै अध्यक्ष नारा जाेशीले कार्यक्रमको समापन गर्नु भयो। गाेष्ठीबाट निष्कर्ष सहित आगामी यात्रातय गर्न गरिएका निर्णय तथा मागहरु अघि सारेका छन् ।

जसमा पहिलो लाैकिक र शास्त्रीय आधारमा यश वर्ष २०८० काे गाैरा पर्व तपसिल बमोजिम मनाउन उपयुक्त हुने देखिन्छ । बिरुडा पञ्चमी – भाद्र १८ गते साेमबार , सप्तमी – भाद्र २० गते बुधबार , दुर्बाष्टमी – भाद्र २१ गते बिहीबार ( अपरान्ह ४: ३० बजेपूर्व ) ( यही अनुसार गर्न गराउन सम्बन्धित पक्षलाई सुझाव दिने ), दोस्रो निर्णय गाैरा पर्वकाे अवसरमा सप्तमी र अष्टमी गरि दुईदिन राष्ट्रिय विदा माग गर्ने, तेस्रो गाैरा सम्बन्धि थप छलफललाई निरन्तरता दिने चौथो प्रदेश स्तरमा पञ्चाङ्ग निर्णायक समिति गठनका लागि माग गर्ने र पाचौं निर्णय नेपाल पञ्चाङ्ग निर्णायक समितिले सुदूरपश्चिम क्षेत्रका चाडपर्वहरु निर्धारण गर्दा सम्बन्धित क्षेत्रका ज्याेतिष तथा विज्ञहरुसँग छलफल गरेर मात्रै निर्धारण गर्न माग गर्ने गरि निर्णयहरु गरिएका छन् ।

ताजा समाचार

spot_img