कञ्चनपुर : समृद्धिका लागि सामाजिक अभियान भन्ने मुलनारा लिएको फोकस नेपाल संस्थाद्वारा लिटिल बुद्ध एकेडेमी माध्यमिक विद्यालयलाई आज एक कार्यक्रम विच सम्मान गरेको छ ।

भीमदत्त–४, भाँसी कञ्चनपुरमा रहेको लिटिल बुद्ध एकेडेमी मा.वि.लाई “विद्याधनं सर्वधन प्रधानम्” भन्ने उद्देश्यले स्थापित भई पर्याप्त भौतिक पूर्वाधार भएका, दक्ष र अनुभवि शिक्षक शिक्षिकाहरुबाट अध्ययन–अध्यापन, समयानुकूल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै विगत बर्षहरुको परीक्षाको नतिजालाई आधार मानेर देशभरिको मा.वि.हरुबाट उत्कृष्ट मा.वि.मा पर्न सफल भएको फोकस नेपालले जनाएको छ । शनिबार भएको सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम सिहं मौनीले सम्मान पत्र ग्रहण गर्नू भएको थियो । देशभरीका १५ उत्कृष्ट मा.वि.हरु मध्ये लिटिल बुद्ध एकेडेमी पनि पर्न सफल भएको छ । लिटिल बुद्ध एकेडेमीले शिक्षा क्षेत्रवाट दिएको सेवाभाव र त्यसको निरन्तरताको उच्च प्रशंसा गर्दै फोकस नेपाल संस्थाद्वारा आयोजित विशेष समारोहमा राष्ट्रिय शिक्षा सम्मान – २०८० द्वारा सम्मानित गरेको छ ।

पुतलि सडक, काठमाडौंमा भएको कार्यक्रममा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा, पूर्व मन्त्री तथा वरिष्ठ नेता, नेपाली काँग्रेसका माननीय अर्जुन नरसिंह के.सी.को प्रमुख अतिथ्य रहको थियो भने विशिष्ट अतिथीमा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय देबेन्द्र पौडेल रहनु भएको थियो । लिटिल बुद्ध एकेडेमीले विगतका दिनहरुमा पनि देश विदेश बाट सम्मान प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक मौनीले बताउनु भयो साथै ‘यस सम्मान बाट आफु लगयात विद्यालय परिवारलाई शिक्षा क्षेत्रमा अझै मेहनत र लगनका साथ गुणस्तरीय शिक्षा प्रदान गर्ने हौसल्ला मिलेको बताउनु भयो ।







