दोधारा चाँदनी नगरपालिकामा यस्तो छ् विपद् थेग्ने पूर्व तयारी


पप्पु गुरुङ्ग, दोधारा । लामो खडेरी पछि मनसुन भित्रिए संगै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीको संभावित क्षतिबाट बच्नका लागि पूर्व तयारी थालिएको छ् । वर्षायाममा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीको प्रकोपले ठूलो धनजनको क्षति हुदै आएकाले पूर्व तयारी थालिएको हो । दोधारा चाँदनी नगरपालिकाको कुतियकवर बस्ती, अठार नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज लगाएत बस्तीहरु बाढीको उच्च जोखिममा रहेका बस्तीहरु हुन् । दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत गैरसरकारी संस्थाले समेत स्थानियहरुलाई बिपद्बाट बच्न पुर्व तयारी कार्यमा जुट्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत संघ संस्थहरुले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा १४ बिभिन्न स्थानमा सामुदायिक बिप्द ब्यवस्थापन समिति गठन, खोज उद्धार कार्य दल गठन गरेको छ् । सामुदायिक बिप्द ब्यवस्थापन समिति गठन, खोज उद्धार कार्य दलहरुलाई खोज उद्धार सामग्री समेत उपलब्ध गराई समय समयमा उनिहरुलाई तालिम समेत दिदै आएको छ् ।

खोज तथा उद्धार, राहत वितरण, खाद्यन्न, स्वास्थ्य उपचार, संचार, बालबालिका तथा महिलाको संरक्षणका लागि संरक्षण, सरसफाई, आश्रय लगाएत ८ वटा विषयगत क्षेत्र निर्धारण गरी पूर्व तयारी गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्टले जानकारी दिएका छन् । बाढी आएको बेला स्थानियहरुलाई तत्कालै खाना र बस्नको लागी दोधारा चाँदनी नगरपालिका कार्यालय र गैरसरकारी संस्था तयारीमा जुटेका छन् । उच्च बाढीको जोखिम भनेर चिनिने कुतियाकवर बस्ती क्षेत्रमा किस्ती तयारी अवस्थामा रहेको छ् भने, दोधारा चाँदनी नगरपालिका कार्यालयका एक थान मोटर बोट समेत तयारी अवस्थामा छ् । बाढीको बेला मानविय क्षती रोक्न कुतियाकवर बस्तीमा अग्लो घर निमार्ण कार्यले समेत तिब्रता लिएको छ् । दोधारा चाँदनी नगरपािलका क्षेत्रमा छरिएर रहेका सामुदायिक बिपद् ब्यवस्थापन समिति, खोज उद्धार कार्यदल, दोधारा चाँदनी नगरपालिका कार्यालय, स्थानिय प्रशासन, रेडक्रस सोसाईटीहरु संग प्रयाप्त खोज उद्धार सामग्री रहेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । बिपद्लाई थेग्न तथा बिपद्को बेला सुचनालाई सशक्त बनाउन दोधारा चाँदनी नगरपालिका कार्यालयमा स्थानिय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरिएको छ् ।

बाढीको बेला धनजनको क्षतीलाई न्युनिकरण गर्न स्थानिय आपतकालिन कार्य संचालन केन्द्रले निकै सहयोग पुगाउने अपेक्षा गरिएको छ् । उद्धार र विपद ब्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । महाकाली नदी र जगबुडा नदीमा आउने बाढीबाट क्षति न्युनिकरण गर्न पूर्व सूचना प्रणालीलाई पनि प्रभावकारी बनाइएको छ् ।

पूर्व तयारी स्वरुप खोज तथा उद्धारका लागि महाकाली नदी र जगबुडा नदीमा प्रयोगात्मक अभ्यास समेय समयमा गरिदै आएको छ् । दोधारा चाँदनी नगर क्षेत्रमा बाढीको दिर्घकालिन समस्या निराकरणको लागी अझै धेरै काम भने गर्नु पर्ने देखिएको छ् ।

 


ताजा समाचार

spot_img