दोधारा । दोधारा चाँदनी नगरपालिकामा आधारभुत पत्रकारिता तालिम सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयको सहयोग र परशुराम मिडिया प्रालिको आयोजनामा किशोर, किशोरीहरुलाई ३ दिन आधारभुत पत्रकारिता तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य संदिप उपाध्यायले जनाएका छन् । आज एक कार्यक्रमको बिच ३ दिन आधारभुत पत्रकारिता तालिमको समउद्धघाटन गरिएको हो । परशुराम मिडिया प्रालिका अध्यक्ष डिवी बोहराको सभापतित्वमा संचालित ३ दिन आधारभुत पत्रकारिता तालिमका प्रमुख अतिथीमा दोधारा चाँदनी नगरपालिका– ७ वडा सदस्य संदिप उपाध्याय रहेका थिए भने, बिशिष्ठ अतिथीमा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका शाखा अध्यक्ष माधव धामी, वडा नं. ७ का वडा सदस्य देबीसरा सुनार तथा अतिथीमा शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा देबी खत्री, पत्रकार पप्पु गुरुङ्ग रहेका थिए ।


पत्रकारिता क्षेत्रको समग्र विकास गर्ने लक्ष्यका साथ सञ्चालित तिन दिने तालिममा वडाका २० जना किशोर, किशोरीहरुको सहभागिता रहेको थियो । दोधारा चाँदनी नगरपालिका– ७ वडा सदस्य संदिप उपाध्याले तालिमको उद्धघाटन गर्दै लोकतन्त्रको रक्षाका लागि सञ्चार जगत्को भूमिका महत्वपूर्ण बताएका छन् । मुलुकमा विभिन्न समयमा भएका परिवर्तनको आन्दोलनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउदै उनले अबको पत्रकारिता मिसनका लागि नभई लोकतन्त्रको रक्षाका लागि हुनुपर्ने जोड दिएका छन् ।

समग्र नगर क्षेत्रको बिकासको लागी समेत पत्रकारितालाई अघि बढाउनु पर्ने नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका शाखा अध्यक्ष माधव धामी बताएका छन् । पत्रकारिता देशै चौथो अंग भएको बताउदै सभापती धामीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पत्रकार उत्पादन गर्नु आवश्यक रहेको बताएका छन् ।

उत्साहजनक सहभागिताको उपस्थिती रहेको तालिम उद्धघाटन सत्रको संचालन अधिकारकर्मी धनसरा चन्दले गरेका थिए ।






