महेन्द्रनगर : कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ।
शुक्रबार एक कार्यक्रमका साथ नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएसडब्लुए) कञ्चनपुरका कार्यकारी निर्देशक अशोक बिक्रम जैरु को सभापतित्वमा जिल्ला स्तरीय समन्वय बैठक होटेल ओपेरामा सम्पन्न भएको हो।

जिल्लामा इपिक नेपाल प्रोजेक्ट अन्तर्गत जिल्लामा सञ्चालनमा रहेका एचआईभीएड्स तथा यौन रोग नियन्त्रण कार्यक्रमका बारेमा जिल्लास्तरीय समन्वय बैठकको आयोजना गरिएको थियो।

समन्वय बैठकमा इपिक नेपाल परियोजनाको उद्देश्य काम कर्तव्यको बारेमा सुजन न्यौपानेले प्रस्तुतीकरण राख्नु भएको थियो। यसैगरी राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल का सुदूरपश्चिम प्रदेश सुपरभाइजर हेमन्त राज ओझा र महाकाली पा्रदेशिक अस्पताल एचआईभी परामर्श दाता बिमला भट्टले एचआईभीएड्स सेवा प्रभावको बारेमा आफ्नो प्रस्तुतीकरण राख्नु भएको थियो। 

कार्यक्रमको प्रमुख अतिथि भीमदत्त नगरपालिका उप-प्रमुख निलम लेखक जोशी रहनु भएको थियो। भने विशिष्ट अतिथिमा भीमदत्त नगरपालिका वडा न १८ का वडा अध्यक्ष रबेन्द्र देबकोटा , भीमदत्त नगरपालिका वडा न ७ का वडा अध्यक्ष गणेश बहादुर चन्द , स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दया कृष्ण पन्त , महाकाली प्रादेशिक अस्पतालका डा. गिरिश अवस्थी , दोधरा चाँदनी अस्पतालका मेडिकल अधिकृत डा. जयानन्द प्रसाद साह लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो। भने कार्यक्रममा स्वागत मन्तव्य सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतीले राख्नु भएको थियो।






