
दोधारा । दोधारा चाँदनी अस्पतालमा पहिलो सफल शल्यक्रिया भएको छ् । गर्भवती महिलालाई बच्चा जन्माउन नसकेको अवस्थामा दोधारा चाँदनी अस्पतालमा सफल तरिकाले शल्यक्रिया गरिएको दोधारा चाँदनी नगरपालिका स्थित रहेको नगर अस्पतालले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ कालागड निवासी वर्ष २० का सुनिता सुनारको शल्यक्रिया गरि बच्चा जन्माउन सफल भएको अस्पताल प्रशासनले जनाएको छ् । शल्यक्रिया गरिएका आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ् । गएराती ११ बजे शल्यक्रियाबाट सुनिताले छोराको जन्म दिएका छन् । स्वास्थ्यकर्मी टोलीले शल्यक्रिया सफल रहेका बताएका छन् ।


‘वर्तमान तथ्यांक अनुसार नेपाल भरी मध्येको कञ्चनपुर (विषेश गरि दोधारा चाँदनी नगरपालिका) मा आमा तथा नवजात शिशु मृत्यु दर तुलनात्मक रुपमा उच्च भएको जुन मुख्य गरी रेफरका दौरान समयमै शल्यक्रिया (सिएस) नहुदा देखिएको अवस्थामा, हाम्रै स्थानिय तहमा निक साईमन ईन्सिच्यूटले (एनएसआई) को बिशेष सक्रियता तथा नगरपालीकाबाट दोधारा चाँदनी अस्पतालको रुपमा स्तोरउन्नती गरिएको परिणाम स्वरुपले यस अस्पतालले छोटो समयमा शल्यक्रिया गर्न सफलता हासिल गर्न सकिएको छ् । सीमित स्रोत साधनले सुरु गरिएको, हाम्रो यस प्रयासलाई सम्बन्धित निकायबाट लगातार सहयोगको अपेक्षा गरिन्छ्’ दोधारा चाँदनी अस्पतालका डा. पवन कुमार शाहले खुशी हुदै सामाजिक संजाल फेसबुकमा लेखेका छन् । यस्तै दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा दोधारा चाँदनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेतले दोधारा चाँदनी नगरपालिका क्षेत्रको लागी उल्लेखनिय कार्य रहेको बताउदै शल्यक्रिया सेवा संचालनमा सहयोग गर्ने सबैमा धन्यबाद दिएका छन् ।


‘दोधारा चाँदनी अस्पतालमा पहिलो सफल अप्रेसन भएको छ् । दोधारा चाँदनीमा स्वास्थ्य क्षेत्रमा एउटा उल्लेखनीय काम सुरु भएको छ् । मलाई जनताले ५ बर्ष जनताका लागि सक्दो प्रयास गरेर सेवा गर्नु भनेर पठाएका हुन् त्यही भएर दिन रात नभनी काम गरेको छु । मलाई ५ सम्म कसैको कुरा काट्ने फुर्सद छैन । कार्यकाल सकेपछि खाली समयमा कुरा कटौला’ दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा दोधारा चाँदनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेतले सामाजिक संजालमा लेखेका छन् ।

केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिधिवतरुपमा दोधारा चाँदनी अस्पतालमा शल्यक्रिया सेवाको समउद्धघाटन गरेका थिए ।






