
दोधारा । दोधारा चाँदनी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य चौकी चाँदनीको लागी एम्बुलेन्स खरिद गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय कार्यपालिकाको बैठकले प्राथमिक स्वास्थ्य चौकी चाँदनीमा रहेको एक एम्बुलेन्स पुरानो हुदै गएको भन्दै प्राथमिक स्वास्थ्य चौकी चाँदनीलाई एक एम्बुलेन्स खरिद गर्ने भएको छ् ।

‘दोधारा चाँदनी नगरपालिका वडा नं. ४ मा रहेको प्राथमिक स्वास्थ्य चौकी चाँदनीका लागी स्वास्थ्य शाखा तर्फ बिनियोजित बजेटबाट रु. १२ लाखमा एम्बुलेन्स खरिद गर्ने, कुनै दातृ निकायबाट निशुल्क एम्बुलेन्स प्राप्त भएमा सो रकम स्वास्थ्य शाखामै राख्ने निर्णय गरियो’ दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकमा भनिएको छ् ।







