पुनर्वास नगरपालिकाको १३औ नगर सभाबाट प्राधानध्यापक जितेन्द्र पौडेल सम्मानित

सामुदायिक विद्यालयमा प्रधानाध्यापक क्षमतावान् र इमानदार भए गुणस्तरीय शिक्षासँगै विद्यार्थीको आकर्षण बढाउन सक्छन् भन्ने उदाहरणीय शिक्षक हुन प्रधानाध्यापक जितेन्द्र पौडेल।

पुनर्वास: पुनर्वास नगरपालिका को १३औ नगर अधिवेशन बाट पुनर्वासका उत्कृष्ट शिक्षकको रूपमा जितेन्द्र पौडेल सम्मानित भएका छन्। सामुदायिक विद्यालयमा प्रधानाध्यापक क्षमतावान् र इमानदार भए गुणस्तरीय शिक्षासँगै विद्यार्थीको आकर्षण बढाउन सक्छन् भन्ने उदाहरणीय शिक्षक हुन पुनर्वास नगरपालिका वडा नं २ स्थित सरस्वती माध्यमिक विद्यालयकाका प्रधानाध्यापक जितेन्द्र पौडेल। सरकारको ठूलो लगानी रहेको र योग्य र तालिमप्राप्त शिक्षक भएको सामुदायिक विद्यालयहरूमा पढाइ राम्रो नहुने भन्ने हुनै सक्दैन । तर व्यवस्थापकीय कमजोरी, खस्किँदै गएको शिक्षाको गुणस्तरकै कारण सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावको आकर्षण घट्दो क्रमलाई भने नकार्न सकिन्न।।

समस्यै समस्यामा जेलिएको वर्तमान शिक्षा प्रणालीलाई सहि वाटोमा ल्याउन अव टालटुले नीतिले सम्भव देखिदैन , प्रत्येक शिक्षक अभिभावकका र ब्यवस्थापन समितिले दृढ इच्छा शक्ति , कर्म र बचनबाट प्रतिवद्धताका साथ शिक्षा विकासलाई एउटा अभियानकै रुपमा विकास गर्ने हो भने असम्भव भन्ने केही छैन भनी आफ्नो कर्तब्य र दायित्व बाट कहिल्यै बिमुख नभई अहोरात्र खटि बर्तमान समयमा निजी विद्यालयमा पढाइ राम्रो हुन्छ तर सरकारी विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने कुरा भ्रम मात्र हो भन्ने कुराको पुष्टि गरेको छ प्रधानाध्यापक पौडेलको कार्यशैलीले। जितेन्द्र पौडेल लथालिङ्ग भएको बिदधालय ब्यवस्थापन लाई उनले अग्रेजी र नेपाली माध्यमबाट पठनपाठन हुने पहिलो सामुदायिक विद्यालयको रुपमा स्थापित गर्न सफल भएका छन। पौडेलले विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि गरेको योगदानको कदर गर्दै नगरपालिकाको सभाहलमा आयोजित नगर सभामा नगर प्रमुख तोय प्रसाद शर्मा ले सम्मान पत्रका साथै खादा ओढाएर सम्मान गरिएको थियो।

शिक्षाले हरेक व्यक्तिको सर्वांगीण विकास गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्छ । देशको सामाजिक, आर्थिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि त्यस्तो जनशक्तिको योगदान महत्वपूर्ण हुने गर्छ । देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको नगर प्रबक्ता तुलसी अर्यालले जिकिर गर्नुभयो। स्थानीय स्तरमा सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारका कृयाकलापलाई चुनौती दिईरहेको बेला पुनर्वास नगरपालिका वडा नं २ स्थित सरस्वती माध्यमिक विद्यालय का प्रधानाध्यापक जितेन्द्र पौडेल ले पदभार सम्हालेको केही बर्ष भित्रै शैक्षिक प्रगतीमा उत्कृष्ट भूमीका निर्वाह गरेको मूल्यांकनका आधारमा राम्रो काम गर्नेलाई प्रोत्साहन दिदाँ सकारात्मक शन्देश प्रवाह हुने तथा अरुलाई पनि राम्रो गर्न प्रेरणा मिल्ने ठहर साथ नगरपालिकाको कार्यपालिका बाटै निर्णाय गरि पुनर्वास नगरपालिकाको १३औ नगर सभाबाट सम्मानित गर्ने कार्य शुरु गरेको नगर प्रमुख तोय प्रसाद शर्माले बताउनुभयो।

ताजा समाचार

spot_img