कञ्चनपुर: कञ्चनपुरको भीमदत्त –१८ पार्करोडमा राईटवे ईन्सच्यूट एण्ड कम्प्युटर सेन्टर सञ्चालनमा आएको छ । कोरियन भाषाको जिरो लेवल बाट एडभान्स लेवल सम्म पढाई हुने राईटवे ईन्स्टिच्युट एण्ड कम्प्युटर सेन्टरको सनिवार जन्मोत्सवको अवसर पारेर उद्धघाटन गरेको हो। जन्मदिनको अवसरमा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस व्यवस्थापन संकाय बाट स्नातक पास गरेका बलराम उपाध्यायले अध्ययन संगै व्यवसायी सुरुवात गरेका छन् ।

जसमा शिक्षाको क्षेत्रमा भाषाका कक्षा सञ्चालन गर्ने गरि ईन्स्टिच्युट खेलेका छ्न। उक्त ईन्स्टिच्युटमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैकिङ्ग तयारी कक्षाहरु, सुरक्षा निकाय, कम्प्युटर कक्षा, प्राविधिक सेवा, ब्रिज कोष, र सीईई प्याकेज कोर्सहरु लगायत विभिन्न देशका भाषाहरु सिकाईने कोरियन भाषा प्रशिक्षक बलराम उपाध्यायले बताए ।

उनका अनुसार सुलभ शुल्कमा सबैको शिक्षामा पहुँच हुने मनसायले, अहिले विदेश पढ्न र रोजगारी गर्न जानेको दिनहुँ संख्या बढ्दै गएकोले उनीहरुको लागि उचित गुणस्तरीय शिक्षा र परार्मश दिने हेतुले आफुहरुले ईन्सच्युट खोलेको प्रशिक्षक उपाध्यायले बताए । असार ९ गते आफनो जन्मदिन पनि परेको हुनाले आजैको दिनमा ईन्सच्युटको पनि उद्दघाटन गरेको उपाध्यायले बताए ।







