
दोधारा । दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एमाले संग गरेको सहमती फिर्ता लिने भएको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीले जारी गरेको एक बिज्ञप्तीमा स्थानिय सरकारमा नेकपा एमाले संग गरेको सहमती जनमुखी नभएको भन्दै सहमती फिर्ता लिने सुरसारमा छ् । कर्मचारी नियुक्ती, बिभिन्न उपसमिति, बजेट बाडफाँड लगाएत जनमुखी कार्यमा राप्रपा संग समन्वय तथा छलफलनै नगरि नेकपा एमाले एकलौटी ढंगबाट मनमर्जीले कार्य गर्दै आएको आरोप लगाउदै आफुहरुले गर्दै आएको जनमुखी माँगको बेवास्था गरिए समर्थन फिर्ता लिने बिज्ञप्ती मार्फत जनाएको छ् ।


‘२०७९ को स्थानीय निर्वाचन सम्पन्न भैसकेपछी राष्ट्रीय प्रजातन्त्र पार्टी दोधारा चाँदनी र नेकपा एमाले दोधारा चाँदनीको भद्र सहमती भएको ब्यहोरा अवगतनै छ् । दोधारा चाँदनी नगरपालिकाको कार्यपालीकामा हुने समिती उपसमिती तथा कर्मचारी पदपुर्तीका साथै विकास बजेट बाँडफाँडमा साँझेदारी भएर कार्य गर्ने समझदारी दुवै पक्ष विच भएको हुदा हाल उक्त सहमतीलाई वास्तानै नगरीएको देखीयो ।


यस कार्यपालीकामा कर्मचारी नियुक्ती समिती उपसमीती गठन गर्नुमा खबर नहुन् जनतामा राप्रपा को दोषी हुन देखीएकाले कार्यपालीका भित्र हुने बिभिन्न गतिबिधीहरुलाई के कस्तो हुन गएको छ् । त्यसको कारण खुलाई नगर कार्यसमितीलाई जानकारी गराउन हुन अनुरोध गर्दछौ ।

मिती २०७९/९/२८ गतेको नगर कार्य समितीको निर्णय अनुसार तहाँ कार्यपालिकामा वडा नं. ५ का वडाध्यक्ष केशव वहादुर खत्रीज्युलाई भद्र सहमतीका आधारमा पार्टीका जनप्रतिनिधी नेताकोरुपमा सहमती भए अनुसार कार्यपालीकाका सदस्यज्यू हरुले आफ्नो कार्यपालिकामा अन्यन्त्र भएको खण्डमा पार्टी बाट कार्यवाही को सिलसिला जारी रहनेछ् । अनुसासनमा रही सम्झौता अनुसार पार्टीको हितमा कार्य नभएको खण्डमा पार्टीका निश्वार्थ जनप्रतिनिधीद्धारा माँग गरिएका बुदाहरुमा नभएमा सरकार बाट समर्थन फिर्ता लिई आफ्नो राप्रपाका कार्यपालिका सदस्यहरुलाई सुझावका साथै राम्रो कार्यको मुल्याङकन तथा नराम्रो कार्यको विरोध गर्दै जाने र राष्ट्रीय प्रजातन्त्र पार्टी नगर कार्य समितीले जुनसुकै परिस्थीतीमा पनी हजुरहरुको साथमा रहने भन्दै आउदा दिनहरुमा जनताका हक अधिकारका बिषयहरुलाई मध्यनजर गर्दै जानुहुने छ भन्ने अनुरोधका अनुरोध का साथ जानकारी गराउदछौ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीका सचिव भुवन ओझा र अध्यक्ष बिर बहादुर शाह हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ् ।






