पुनर्वास: कञ्चनपुर जिल्ला स्थित पुनर्वास नगरपालिकामा आदिवासी जनजाति महासंघ गरीब, बिपन्न , अशक्त र जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहज पार्न निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा आदिवासी जनजाति नगर समन्वयन परिषद् पुनर्वास द्बारा पुनर्वास नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा अध्ययनरत आदिवासी जनजाति का नानीबाबुहरेलाई एक औपचारिक कार्यक्रमका बीच निशुल्क शैक्षिक सामाग्री वितरण गर्ने कार्य, सम्पन्न भएको छ। पुनर्वास नगरपालिका का ३३ सामुदायिक विद्यालयहरू मध्येमा ३१ बिदधालयका १सय २१ जना बिद्यार्थीहरेलाई शैक्षिक सामग्री बितरण गरिएको थियो। १ देखि ५ कक्षासम्मका छात्रछात्रालाई झोला, कमल, कापी, औजार बक्स लगायतका आवश्यक पर्ने सामग्री नगरपालिकाको बजेटमार्फत आफूहरूले व्यवस्थापन गरेको आदिवासी जनजाति नगर समन्वयन परिषद् का अध्यक्ष धोके रानाले जानकारी दिए ।
विद्यार्थीलाई आवश्यक पर्ने सबै प्रकारका पाठ्यसामग्री उपलब्ध गराई कलिला बालबालिकाको भविष्य उज्ज्वल पार्ने कार्यमा नगरले गरेको सहयोगमा आदिवासी जनजाति नगर समन्वयन परिषद्ले आयोजना गरिएको यो कार्य जनहितकारी हुने स्थानीय अभिभावक राम प्रसाद चौधरी ले बताए । गुणस्तरीय शिक्षा आजको आवश्यक्ता भएकाले आदिवासी जनजाति समुदायका नानीबाबुहरूको लागि नगरपालिकाको सहायोगमा वितरण गरिएको पाठ्यसामग्रीले शैक्षिक जागरण बढ्नेमा आफू आशावादी रहेको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ले जानकारी दिनुभयो। पुनर्वास नगरपालिका वडा नं ६ को सभाहलमा आदिवासी जनजाति नगर समन्वयन परिषद् पुनर्वास का अध्यक्ष धोके रानाको सभापतित्व र नगरप्रमुख तोय प्रसाद शर्माको आतिथ्य रहेको थियो। यसैगरी उक्त कार्यक्रममा बिशिष्ट अतिथिमा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कि महिला सचिव तुलसी श्रेष्ठ, अतिथिमा उद्योग वाणिज्य संघ शाखा पुनर्वासका अध्यक्ष राजकुमार रायमाझी,पुनर्वास नगरपालिकाका एघारै वडाका वडाध्यक्षहरू र स्थानिय बुद्धिजीवी समाजसेवी एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।






