कञ्चनपुर: जिल्लाका बेदकोट नगरपालिकामा यौनिक तथा लैङ्गकि अल्पसंख्यक विषयक अभिमुखिकरण तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।

बिहिवार सामाजिक विकास कार्यालय कञ्चनपुरको आर्थिक सहयोगमा सहयात्रा नेपाल कञ्चनपुरले बेदकोट नगरपालिका अन्तर्गत रहेका शाखा प्रमुख कर्मचारीको उपस्थितिमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक विषयक अभिमुखिकरण तथा पैरवी कार्यक्रमको आयोजना गरिएको सहयात्रा नेपाल कञ्चनपुरका तथ्यांक अधिकृत अरुणा सुवेदीले जानकारी दिनु भयो।

उनका अनुसार , कार्यक्रम नगरपालिकामा आयोजना गरिएको हो। बेदकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्ट लगायत शाखा प्रमुख कर्मचारीको उपस्थितिमा पैरवी कार्यक्रम गरिएको हो।

बेदकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भट्टले आगामी आर्थिक वर्ष २०८०/०८१ मा कार्यक्रम तथा बजेट विनियोजन गर्ने समेत आसवासन दिए। जसमा यो समुदाय लाई समावेश हुने गरि बजेट विनियोजन गर्ने बताउनु भयो। आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरि सधै नगरपालिकाको सहयोग रहने र यो समुदायको हक अधिकारका सुनिश्चित गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो।
कार्यक्रममा यौनिक तथा लैङ्गकि अल्पसंख्यक विषयक बारेमा सहयात्रा नेपाल कञ्चनपुरका तथ्यांक अधिकृत अरुणा सुवेदीले प्रस्तुतीकरण गर्नु भएको थियो।






