एमाले कञ्चनपुरका नयाँ इन्चार्ज रानालाई स्वागत

कञ्चनपुर: जिल्ला कमिटी बैठक बस्ने महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले पार्टी केन्द्रको निर्णयअनुसार नयाँ जिल्ला इन्चार्ज भएर आएका पोलिटब्युरो सदस्य नारदमुनि रानालाई पार्टी कार्यालयमा स्वागत गरेको छ । आइतवार बसेको जिल्ला पदाधिकारी बैठकमा इन्चार्ज रानालाई स्वागत गरिएको हो । बैठकमा निवर्तमान जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य निरुदेवी पाल, जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट लगायत पदाधिकारीले स्वागत गरेका हुन् । पदाधिकारी बैठकले असार ९ गते जिल्ला कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
बैठकले पार्टीको नयाँ अभियानका सन्दर्भमा कार्ययोजना र कार्यविभाजन गर्ने जिल्ला सचिव पल्लबराज भट्टले जानकारी दिए । नेकपा एमालेले चालू वर्ष २०८० सालमा सदस्यता विस्तार, नवीकरण, जनसंगठन परिचालन, पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा अधिवेशनलाई योजनाबद्ध र व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । कञ्चनपुरमा जिल्ला कमिटी बैठकसँग नयाँ अभियान सुरू हुनेछ । बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य नरबहादुर धामी र कृपाराम राना समेतको उपस्थिति रहेको थियो ।
Enter

Leo

Seen by Leo Madan Giri at 20:51
Enter
Write to Leo Mada

ताजा समाचार

spot_img