विद्यालय कर्मचारीको शैक्षिक हड्ताल ः कञ्चनपुर सहित देशैभरका सामुदायिक विद्यालय बन्द


कञ्चनपुर : पेशागत हक अधिकारको माग अघि सार्दै विद्यालय कर्मचारीले शैक्षिक हड्ताल गरेका छन । गत जेठदेखि आन्दोलनमा रहेका विद्यालय कर्मचारीले आइतबारदेखि शैक्षिक हड्ताल गरेका हुन । आन्दोलनका कारण कञ्चनपुर सहित देशैभरीका सामुदायिक विद्यालयको पठन पाठन प्रभावित भएको छ ।

संघीय सरकारले आगामी आर्थिक बर्ष ०८०÷०८१का लागि ल्याएइको बजेटमा विद्यालय कर्मचारीको सेवा सुविधा छुट्याएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् नेपाल आन्दोलनमा उत्रिएको थियो । कञ्चनपुरका विद्यालय कर्मचारी टेकेन्द्र प्रशाद जोशीले विद्यालय बन्द गरेर कर्मचारी आन्दोलनमा उत्रिएको बताए ।

न्यूनतम पारिश्रमिकको माग अघि सार्दै विद्यालय कर्मचारी निरन्तर आन्दोलनमा उत्रिएका छन । सरकारसंग दर्जनौँ सहमती भएपनि कार्यान्वयन नहुँदा उनीहरु यस बर्षपनि आन्दोलित भएका छन ।


ताजा समाचार

spot_img