कञ्चनपुर: ०४७सालको संविधान पुर्नस्थापनाको माग अघि सार्दै सत्याग्रह शुरु गरिएको छ । सातादेखि काठमाण्डौँ राजधानीमा ०४७सालको संविधान पुर्नस्थापनाको माग अघि सार्दै सत्याग्रह शुरु गरिएको हो ।

०४७ सालको संविधान पुर्नस्थापना समितिका महासचिव चक्र्रदेव जोशीले पुरानै संविधान चाहिएकाले संघीय राजधानी केन्द्रीत आन्दोलन गरिएको बताए । उनका अनुसार ०४७ सालको संविधान पुर्नस्थापना समितिका संयोजक किशोरी महतो सहितका विभिन्न अभियन्ताले सत्याग्रह गरेका छन ।







