महेन्द्रनगर : कञ्चनपुर जिल्लाको उल्टाखाम मा महिलाहरूको क्षमता विकासका लागि डल सम्बन्धि पुनर्तागी तालिम सुरु गरिएको छ।

सन्तुलित वातावरण सुशासन सहितको समाजवाद उन्मुख समृद्ध नगर, कृषि, पर्यटन तथा प्राविधिक आधारित अर्थतन्त्र विकासको आधार भन्ने मुल नाराका साथ भीमदत्त नगरपालिका गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत ७ दिने डल सम्बन्धि पुनर्ताजगी तालीमको आयोजना गरिएको हो।

सोमबार एक कार्यक्रम को आयोजनाका साथ भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक जोशीको प्रमुख अतिथिमा भीमदत्त नगरपालिका वडा न.२ को उल्टाखाम मा उक्त तालिमको उद्धघाटन गरियो । जसमा २१ जना महिलाको सहभागिता रहेको भीमदत्त नगरपालिका उद्यम विकास सहजकर्ता लक्ष्मी कलौनीले जानकारी दिनु भयो।

उनले भने , तालिम ७ दिन सम्म सञ्चालन गरिनेछ र उक्त तालिममा डल बनाउनका लागि महिलाहरू लाई पुनर्ताजगी संगै क्षमता विकासमा टेवा पुग्ने छ।
