विश्व बाताबरण दिवसको दिन भिमदत्त र दोधारा चाँदनी नगरपालिकामा बृक्षरोपण गरिने

 

दोधारा । एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले विश्व वातावरण दिवस (५ जुन अर्थात जेठ २२ गते) को अवसर पारेर दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा वृक्षरोपण गर्न छलफल सुरु गरेका छन् ।

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र भीमदत्तको खल्ला मुसेट्टीमा महाकाली करिडोर निर्माणको क्रममा धेरै रुखहरु कटान गर्नु पर्ने भएपछि वातावरण संरक्षण गर्न बिरुवा रोपणका लागि पूर्व सासद डा. दीपक प्रकाश भट्टले दुबै नगरपालिकाका जनप्रतिनिधिहरुसंग छलफल सुरु गरेको हुँ ।

दोधारा चादनी नगरपालिकाका जनप्रतिनिधिहरुले अभियानको स्वागत गर्दै भविस्यका लागि यो अभियान निकै राम्रो हुने भएकोले विश्व वातावरण दिवसका दिन सांकेतिक रुपमा सबै वडाहरुका खाली ठाउँमा वृक्षारोपण गर्ने बताएका छन्।

ताजा समाचार

spot_img